Khabar Dabali Logo
  December 2, Wed

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटले नेपालको साख गिरेको बताएका छन्।

नेता श्रेष्ठले परराष्ट्र मन्त्रालयको सँस्थागत जानकारी र उपस्थिति बिना ओलीले गोयललाई भेटेको र पार्टीमा अहिलेसम्म कुनै सँस्थागत एवं औपचारिक छलफल नभएको बताए।

आइतबार सामाजिक सञ्जालमा लेखेका छन्,‛नेता श्रेष्ठले बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन। त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’

उनले सामाजिक सञ्जालमा आफनो निजी बिचार भन्दै देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो नै पहिलो घटना भएको बताएका छन्।

नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले होइन भन्ने स्पष्ट भइसकेको उल्लेख गरेका छन्।

कात्तिक ९ गते, २०७७ - ११:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top