Khabar Dabali Logo
  December 1, Tue

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि गरिन्छ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।

घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका कुमारी घरमा कुमारीको पूजा गर्ने घुइँचो हुन्थ्याे। तलेजु भवानीको मन्दिरमा कुमारीचोकको निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलेको बताइन्छ। काठमाडौं र दोलखामा दशैंका बेला खड्गजात्रा मनाइन्थ्याे। तर यसपालि काेराेना महामारीकाे कारण सरकारले भिडभाड गर्न राेक लगाएकाे छ ।

लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने परम्परा छ ।

कात्तिक ९ गते, २०७७ - ०८:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफन्तबाटै छोरीचेली असुरक्षित

रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या...   
सलबलाए राजावादी

सलबलाए राजावादी

काठमाडौं । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध...   

देशभर तीन हजार किमि सडक मर्मत गरिँदै

काठमाडौं । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिने भएको छ । ‘समृद्ध नेपालका लागि सडक,...   

समुदायमा संक्रमण : काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर,...   
प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

प्रहरी महानिरीक्षककै ब्याचीहरू एसएसपी मात्र, जुनियर अधिकृत विश्वराज पोखरेल एआइजीमा सिफारिस

आगामी चुनावमा आफू अनुकूल आइजिपी बनाउन दरबन्दी थपेर एआइजी बढुवा काठमाडौं । चेन अफ कमान्डमा चल्ने प्रहरी...   

राज्य व्यवस्था समितिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था सुशासन समितिले नेपालको नाम ‘संघीय लोकतान्त्रिक...   

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top