Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बजार अभाव र मूल्य घट्दा थन्कियो अलैँची

बागलुङ । थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए । बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैँची खेती विस्तार भइरहेको छ । अहिले अधिकांश किसानले गत वर्ष उत्पादितक अलैंचीसमेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।

सात वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो चार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्दा सुकेको अलैँची प्रतिकिलो रु दुई हजार पाँच सयमा घरबाटै बिक्री भइरहेको थियो । अलँैचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पु¥याउनुभएको छ । अहिले भने उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।

रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलँैची समेत गोदाममै छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ । अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उनले पोहोर र अहिले गरेर सात क्विन्टल अलैँची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताए । उनका अनुसार प्रतिकिलो रु ६ सयमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करीब ४० कृषक अहिले अलैँची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई उत्पादन गर्न भ्याई नभ्याई छ । गत वर्ष अलैँचीसमेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरुको मनमा चिसो पसिरहेकै छ । “शुरुमा रु दुई हजार पाँच सयमा ताराखोलाबाटै बिक्री भएको अलैँची अहिले प्रतिकेजी रु ६ सयमा बिक्री हुनसमेत समस्या छ” कृषक रोकाले भने “पोहोरको डेढ क्विन्टल अलैँची गोदाममा थन्किएको छ, अहिलेको बिक्री हुन के गर्ने हो ?

यस्तै अर्गलकै किसान खड्कबहादुर घर्तीसहित तीन जना मिलेर धान फल्ने खेतमा अलैँची खेती विस्तार गर्नुभएको थियो । उहाँले पनि पोहोरको अलँैचीसमेत बिक्री नभएको गुनासो गर्नुभयो ।
तेह्र रोपनी जग्गा भाडामा लिएर अलैँची खेती विस्तार गरिए पनि अहिले मूल्य नपाउँदा समस्या भएको घर्तीको गुनासो छ । सोही स्थानका अम्मर थापाले लगाउनुभएको आठ रोपनी क्षेत्रफलको अलैँची पोहोरदेखि गोदाममै थन्किएको छ । उहाँले युरोपका विभिन्न देशमा नेपालको सुकेको अलैँची प्रतिकेजी रु।तीन हजार ६ सयमा बिक्री भए पनि किसानले जम्मा रु ६ सय पाएको बताउनुभयो । “दुःख नेपाली किसानले गर्ने, नेपालको अलैँचीको ट्रेडमार्क नहुँदा नाफा जति भारतले लगेको छ”, घर्तीले भने, “नेपालले नै विश्वबजारमा अलै‌ची पठाउन नसक्ने हो भने नेपालका किसान निरुत्साहित हुनेछन् ।”

रु ६ सयमा नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित बिर्तामोडमा संकलन गरी प्रशोधनपछि तेस्रो मुलुकमा चर्को मूल्यमा पठाउँदै आएको छ । नेपालले सीधै तेस्रो मुलुकमा अलैँची उत्पादन गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने अवस्था आउने छ । ताराखोला–२ अर्गलमा मात्रै ४० भन्दा बढी कृषकले चार सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । गलकोट, जैमिनीलगायत क्षेत्रमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । बागलुङका अलैँची किसान शुरुमा यथोचित दाम पाए पनि वर्षेनी मूल्य घट्दै गएका कारण पोहोर सुकाएको अलैँचीसमेत गोदाममै रहेको गुनासो गर्छन् ।

गलकोट नगरपालिका–१ दुदिलाभाटीका कृषक सम्मरबहादुर खड्काले ६ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । उहाँले बसाइँसराइका कारण जग्गा बाँझो हुन थालेपछि अलैँची खेती विस्तार गरिएको बताउनुभयो । उहाँ सोचे जस्तो अलैँचीको मूल्य नपाउँदा भने समस्या भएको बताउनुहुन्छ । जैमिनी नगरपालिका–२ दमेकका किसान बलिभद्र सापकोटाले पनि अलैँची उत्पादनबाट भने जस्तो मूल्य नपाउँदा दुःख खेर जान थालेको गुनासो गर्नुृभयो । सापकोटाले भारतबाट आएका बिचौलियाले सस्तो मूल्यमा अलैँची खरीद गरी तेब्बर नाफा कमाउँदा नेपाली किसान समस्यामा परेको बताए। बागलुङमा पछिल्लो एक दशकयता अलैँचीको व्यावसायिक उत्पादन शुरु भएको हो ।

अलैँचीबाट मसला, तेल, मदिराको स्वाद बढाउने तत्वलगायत अमूल्य पदार्थ उत्पादन हुने गर्छन् । यसमा औषधीय गुणसमेत रहेको कृषकले बताउँदै आएका छन् । पोहोर अलँैचीको भाउ खोज्दाखोज्दै बन्दाबन्दीमा परेका कृषकले यस वर्ष सस्तो मूल्यमा भए पनि बिक्री गर्ने लक्ष्य राखेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies