Khabar Dabali Logo
  December 4, Fri

प्रधानमन्त्रीको सम्बोधन : ‘रअ’ प्रमुखसँगको भेटबारे मौन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे मौनता साधेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित छ । विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ ।

तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन् । छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ ः१५ देखि मध्यराति १२ ः१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ । ’रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भेट सकेर टोली बिहीबार बिहान दिल्ली फर्केको थियो ।

यसैबीच प्रधानमन्त्री र ‘रअ’ प्रमुखको भेटबारे असन्तुष्ट तीन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले आफुहरुको ‘रअ’का प्रमुख गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारिसकेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका थिए ।

कात्तिक ८ गते, २०७७ - ०६:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने...   

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका...   

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते

काठमाडौं। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ...   

गणतन्त्र स्थापनाको १२ वर्षमै किन सलबलाए राजावादी ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो...   

नेकपाकाे आन्तरिक विवादमा दुवै अध्यक्ष रक्षात्मक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा...   

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि...   

अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम...   
अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top