Khabar Dabali Logo
  December 1, Tue

विनाभेदभाव कोरोनाको निःशुल्क उपचार गर्न प्रधानमन्त्रीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन्।

उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन्। “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

कात्तिक ६ गते, २०७७ - १७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन...   

बालयौन दुराचारका आरोपमा ६० वर्षीय फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...   

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको...   

नेकपा सचिवालय बैठक सकियो, ओली- प्रचण्डकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...   

मंगलबार थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...   

युरिया मल आएपछि पर्साका किसान हर्षित

पर्सा । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि...   

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले...   

अखाद्य वस्तु उत्पादन गर्ने चौँतीस उद्योग कानूनका दायरामा

काठमाडौं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी...   

नेपाल–भारत उडान दिनभित्रमा सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने...   
तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

तस्विरमा हेर्नुहोस् बालुवाटारमा अर्थमन्त्री पौडेलकाे ‘ह्याप्पी बर्थ डे ’

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top