Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

देशकै हालसम्मकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२ सय मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने

काठमाडौं । काठमाडौं देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो ।

ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ ।

नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताएका छन् ।

प्राधिकरणका अनुसार सो सबस्टेशनको क्षमता ९४५ एमभीए रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बोलपत्र प्रक्रिया शुरु गरी करिब अढाइ वर्षमा सो आयोजना सम्पन्न भएको हो । प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो । कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा समेत आयोजनाको काम भइरहेका कारण सम्पन्न हुन सकेको हो ।

उच्च क्षमताको हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट करिब तीन महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल गरेर केरुङमा रहेको उपकरण आयोजनास्थल पु¥याइएको थियो ।

नेपाल–भारतबीचको विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भएको थियो । सोही प्रसारण लाइनका कारण नेपाललाई आवश्यक पर्ने विद्युत् जुनसुकै बेला पनि सहजै रुपमा आयात गर्न सम्भव भएको छ । प्रसारण लाइन ४०० केभी क्षमताको भए पनि सबस्टेशन कम क्षमताको भएकाले गर्दा शुरुआती चरणमा १३२ केभी क्षमतामा मात्रै प्रसारण लाइन चार्ज गरिएको थियो । यस्तै आव २०७५÷७६ मा मात्रै २०० केभी क्षमतामा चार्ज गरिएको थियो ।

नयाँ सबस्टेशन निर्माण सम्पन्न भएपछि प्रसारण लाइनकै क्षमतामा सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ । सो प्रसारण लाइन तथा सबस्टेशनबाट कूल एक हजार २०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार उक्त प्रसारण लाइन र सबस्टेशनको क्षमता एक हजार २०० मेगावाट बराबरको भए पनि तत्कालका लागि ८५० मेगावाट मात्रै आयातनिर्यात हुन सक्छ ।

नेपालभित्रको पूर्वपश्चिम प्रसारण लाइन ४०० केभीमा चार्ज भएपछि मात्रै सो लाइनबाट पनि एक हजार २०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । पूर्वकार्यकारी निर्देशक घिसिङले राष्ट्रिय महत्वको आयोजना निर्माणमा अहोरात्र खटिएका आयोजनाका कर्मचारी, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीलाई समेत धन्यवाद दिँदै तुलनात्मक रुपले काम छिटो सकिएकामा सबै बधाईको पात्र भएको बताए।

उनले भनेका छन् “मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरै प्रयास गर्दा पनि हाइभोल्टेज टेस्टिङ किट नआएकाले सफल भएन ।” आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निरन्तर पहल गर्नुभएको थियो । उहाँले हरेक दिन नै आयोजनाको प्रगतिका बारेमा चासो राखेर शीघ्र काम सम्पन्न गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तत्कालका लागि नो लोडमा सबस्टेशन चार्ज गरिएको भए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ । परामर्शदाता कम्पनीको रुपमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले केही दिन पहिले रासससँगको कुराकानीका क्रममा सो आयोजना आफूहरुका लागि समेत महत्वपूर्ण र सिकाइका दृष्टिले पनि बहुआयामिक भएको बताएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies