Khabar Dabali Logo
  November 29, Sun

सेयर लगानीकर्ताको ‘बायोमेट्रिक’ विवरण नराखिने

प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड

काठमाडौं । सेयर लगानीकर्ताको दशवटै औंलाको पहिचानसहितको बायोमेट्रिक विवरण नराखिने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – धितोपत्र बोर्डबाट बुधबार स्वीकृत भएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिकामा यसअघि राखिएको विद्युतीय रूपमा व्यक्तिको बायोमेट्रिक (दशवटै औंलाको छाप) पहिचानसहितको विवरण राख्न सक्ने व्यवस्था हटेको हो ।

अब बायोमेट्रिकको विकल्पमा औंठा छापको छाया चित्र नै प्रयोग गरिने भएको हो । ‘यसमा धेरैजसो सरकारी निकायबाट प्रश्न उठेपछि बायोमेट्रिक पहिचान नराख्ने निर्णय भएको हो,’ धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘सरकारले वितरण सुरु गरिसकेको बायोमेट्रिक विवरण हुने राष्ट्रिय परिचयपत्रसँग भविष्यमा आबद्ध गर्ने सुझाब आएको थियो ।’

बायोमेट्रिक विवरणसहित पहिचान राख्न लागिएको र यसका लागि प्रणालीको विकासमा समेत निजी क्षेत्रलाई सहभागी गराउन लागिएको समाचार नयाँ पत्रिकाले ७ भदौमा लेखेको थियो । सेयर लगानीकर्ता भने बायोमेट्रिकसहितको विवरण राख्न पनि तयार देखिएका थिए ।

सेयर बजारमा डिम्याट सेयर (विद्युतीय रूपमा रहेको) को कारोबार हुन थालेको भए पनि अझै सम्बन्धित व्यक्ति नभई अन्यले समेत यस्तो खाता खोल्ने र कारोबार गर्ने गरिरहेको अनुमान धितोपत्र बोर्डले गरेको छ ।

सेयर कारोबारीको बायोमेट्रिक पहिचान आवश्यक देखिए पनि यस्तो सूचनाको संवेदनशीलता सेयर बजारभन्दा अधिक छ । त्यसैले पनि यसलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाब सरोकारवालाले दिएका थिए ।

निर्देशिकामा यसअघि प्रणाली विकासमा निजी क्षेत्रसँग साझेदारी गर्न सकिने व्यवस्था पनि हटाइएको छ । अब भने नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले ग्राहक पहिचान प्रणालीको विकास गर्नुपर्ने भएको छ ।

यसरी विकास गरिएको प्रणालीको समेत सरकारको सूचना प्रविधि विभागबाट परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउन सकिने भएको छ । नेप्से अर्धसरकारी स्वामित्वको कम्पनी हो भने सिडिएससी नेप्सेको पूर्ण लगानी भएको भगिनी संस्था हो ।

नेप्सेमा वैदेशिक रणनीतिक साझेदार भित्र्याइँदा यसरी संकलन गरिएको विवरणमा उनीहरूको पहुँच पुग्न सक्ने अवस्था हुन्थ्यो । अहिलेलाई भने यो टरेको छ । राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने प्रयास गरिरहेको छ । नेप्सेमा राष्ट्र बैंकको १४ प्रतिशत सेयर स्वामित्व छ । नेप्सेमा हाल सरकार र सरकारी निकाय र लगानीका संस्थाबाहेक निजी बैंक तथा ब्रोकरको गरी करिब ११ प्रतिशत लगानी छ ।

कात्तिक ६ गते, २०७७ - ०७:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशले अघि बढायाे रिक्त कर्मचारी व्यवस्थापनको काम

काठमाडौं । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी...   

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार...   
चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

चीनका रक्षामन्त्री वेई आज नेपाल आउँदै

काठमाडौँ । आज चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपाल आउँदै छन् । २०७६ कात्तिक १...   

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध...   

कोरोना जितेपछि काममै दतचित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी...   

अध्यक्ष प्रचण्डले भने, ‘ओलीमा अझै अहंकार र दम्भ कायम छ, विभिन्न हर्कत गर्दैछन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेस गरेपछि अर्का अध्यक्ष...   

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं । कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सिर्जना गर्न जरुरी रहेको...   

कक्षा १२ को परीक्षामा बेथिति : १३ घण्टा अघि नै प्रश्नपत्र आउट

बुटवल । ९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा...   

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...   

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top