Khabar Dabali Logo
  December 3, Thu

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।

लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न अहिलेसम्म नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन ।

उनको समूहका कुन्जोकछिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपबारे थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामाबारे विस्तृत विवरण संकलन गरी पक्राउ पुर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।

चिनियाँ मूलका लामाले आफू गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षीय लामा ग्याल्छेन, ङोडुप जस्ता नामले कारोबारीबीच चिनिन्थे । विगतमा उनको नागरिकता नम्बरलगायतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

गत असारमा पक्राउ परेका कुन्जोकछिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआइबीका एक अधिकारीले बताए । लामा हाल विदेशमा छन् ।

स्याफ्रुबेंसीमा पक्राउ परेका युवाहरूको बयानबाट तस्करीमा कुन्जोक तथा निटुपको संलग्नता रहेको खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । रेड नोटिसमा राखेपछि विदेशबाट पनि उनलाई पक्राउ गरी ल्याउन सहज हुने प्रहरी अधिकारीहरूले बताएका छन् ।

उच्चमा फैसला लम्बिएपछि कुन्जोक सर्वाेच्चमा
गत असारमा पक्राउ परेका कुन्जोक थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वाेच्च अदालत पुगेका छन् । उनी सोमबार सर्वाेच्च गएका हुन् ।

पुर्पक्षका लागि रसुवा कारागारमा रहेका कुन्जोक थुनामा राख्ने जिल्ला अदालत रसुवाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । तर, पाटनबाट फैसला नहुँदै उनी सर्वाेच्च पुगेका हुन् । ‘उच्च अदालतमा उनकै वकिलले दुईपटक पेशी सारे,’ अदालतका एक कर्मचारी भन्छन्, ‘यही वेला सर्वाेच्च पुगेछन्, अचम्म लागेको छ ।’

बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएकै दिन सर्वाेच्चले तीन दिनभित्र जवाफ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), जिल्ला कारागार रसुवा र जिल्ला अदालत रसुवासँग जवाफ मागेको छ । न्यायाधीश प्रकाशसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो ।

आफू कुन्जोक लामा नभई कुन्जोकछिरिङ तामाङ भएको दाबी गरी उनी छुट्ने प्रयासमा छन् । तर, दुवै नाम गरेका व्यक्ति एकै भएको प्रहरी अनुसन्धानमा खुलेको थियो । ०६२ मा पत्ता लागेको उनको मोबाइल नम्बरसमेत अहिले पनि उनीसँगैबाट बरामद भएको प्रहरी स्रोत बताउँछ ।

वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका कुन्जोकलाई गत १० असारमा बौद्धबाट पक्राउ गरिएको थियो । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक भएको र भारतमा समेत उनीविरुद्ध मुद्दा दायर भएको छ ।

प्रारम्भिक छानबिनमा अस्वाभाविक देखिएपछि उनको सम्पत्तिसमेत छानबिन भइरहेको छ । पछिल्लो १० वर्षमा दुई अर्बको बैंकिङ कारोबार गरेका कुन्जोकले बौद्धको सिमलटारमा १८ आनामा पाँचतले भव्य घर बनाएका छन् । उनको धेरैजसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । गुह्येश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका थिए । उनको कर्णाली गार्मेन्ट पसल पनि छ ।

सिआइबीले गत वर्ष नै कुन्जोकलाई पक्राउको तयारी गरेको थियो । प्रहरी नेतृत्वको आदेशपछि सिआइबीले पक्राउ गर्ने अनुमति पाएको थिएन । प्रहरी नेतृत्व फेरिएपछि उनी पक्राउ परेका हुन् । उनको उच्च प्रहरी अधिकारीहरूसँग समेत निकटता देखिएको स्रोत बताउँछ ।

भारतीय अधिकारीबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार कुन्जोक आबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी–सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ ।

भारतमा प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद भएको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा उनलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेका समूहले त्यसअघि पनि आफूहरूले पटक–पटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए ।

भारतमा पनि कुन्जोक मोस्ट वान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको तस्करीको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटक पटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् ।

कुन्जोक करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए ।

यसअघि प्रहरीले वन्यजन्तु तस्करी मुद्दामा मोस्ट वान्टेड लिडु डिमेलाई रेड नोटिस जारी गरी भारतबाट पक्राउ गरी ल्याएको थियो । सर्वाेच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो, सो आदेशपछि उनी भारत पुगिसकेका छन् । कुन्जोक पनि त्यसैगरी धरौटीमा छुटेर विदेश जान लागेको प्रहरी आशंका छ ।

कात्तिक ६ गते, २०७७ - ०६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने...   

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका...   

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते

काठमाडौं। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ...   

गणतन्त्र स्थापनाको १२ वर्षमै किन सलबलाए राजावादी ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो...   

नेकपाकाे आन्तरिक विवादमा दुवै अध्यक्ष रक्षात्मक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा...   

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि...   

अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम...   
अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top