Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाई दिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजीकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो ।

परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्गलबार परिवारमा पुनर्मिलन गराइएको हो ।

ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट व्यहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies