Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी गरिएकै बेला नेपालीले भने संसदीय दलको बैठक बोलाएकी छिन् ।

मंगलबार नेकपा अध्यक्षद्वयबीच सचेतक नियुक्तिको निर्णय बदर गर्ने सहमति भएको भन्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले विज्ञप्ती जारी गरेको थियो ।
तर विज्ञप्ती जारी गरेकै भोलीपल्ट सचेतक सीता नेपालीले भने नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक बोलाएकी हुन ।

मंगलबार नै अध्यक्ष प्रचण्डको सचिवालयले भने ओलीले भनेजस्तो सहमति नभएको स्पष्ट पारेको थियो ।

मंगलबार अध्यक्षद्वयबीचको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचेतक नियुक्तिको निर्णय बदर गरी गुलाबजंग शाहलाई नै पूर्ववत कायम राख्नुपर्ने बताएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीले गुलाबजंगलाई हटाएर सीता नेपालीलाई सचेतक नियुक्त गरेका थिए ।

नेपालीले असौज ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् । पूर्व सचेतक पक्षधरले भने उक्त बैठक अवैधानिक भएको भन्दै बहिस्कार गर्ने बताएका छन् ।

मुख्यमन्त्री शाही पक्षले संसदीय दलको बैठक बोलाउनु र अर्को पक्षले बिरोध गर्नुबाट संसदीय दलमा अविश्वास प्रस्तावका पक्षमा मत विभाजन स्पष्ट हुने र बहुमत साबित गरेर अघि बढ्ने रणनीति मुख्यमन्त्री शाहीको देखिन्छ ।

अविश्वासको प्रस्तावको पक्षमा रहेका पूर्व माओवादी समूह र माधव नेपाल समूहका सांसदले भने आफ्नो समर्थन फिर्ता लिइसकेका छन् ।

कर्णाली प्रदेशको यो किचलोले नेकपा केन्द्रमा समेत असर पर्ने देखिन्छ । प्रधानमन्त्री ओलीले संसदीय दलको विवादमा केन्द्रले हस्तक्षेप गर्ने र दुबै अध्यक्षबीच हुने सहमति सबैले मान्नुपर्ने बताएका थिए । तर अर्का अध्यक्ष प्रचण्डले भने कर्णालीको विवाद सम्बन्धित पार्टी कमिटिले नै मिलाउनुपर्ने अडान राखेका छन् ।

अध्यक्षद्वयबीच सहमति नहुने र प्रदेशमा दुबै पक्षबीच स्पष्ट मत विभाजन हुने अवस्थाले नेकपा केन्द्रमा समेत असर पर्ने निश्चित देखिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies