Khabar Dabali Logo
  November 29, Sun

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर राणा नेतृत्वको अनुगमन टोलीले मङ्गलबार पेट्रोलको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमूना नेपाल आयल निगमको काठमाडौंस्थित प्रयोगशालामा पठाउन निगमको प्रदेश कार्यालय सुर्खेतको जिम्मा लगाइएको छ । प्रशासकीय अधिकृत राणाले अर्को आदेश नहुञ्जेलका लागि उक्त आयल स्टोर्स बन्द गरिएको जानकारी दिए ।

अनुगमन टोलीसमक्ष पम्प सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नुपर्नेमा भुलवश पेट्रोलको टंकीमा मिसिन पुगेको बताए । मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिइए पनि नयाँ कर्मचारीले केही उपभोक्तालाई पेट्रोल बेचेको उनको भनाइ छ । बिक्रेताले इन्धनमा मिसावट गरेको रिपोर्ट प्रमाणित भएमा पहिलो पटकका हकमा रु एक लाख जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।

कात्तिक ५ गते, २०७७ - १२:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानमा झन् बढे कोरोना संक्रमित

टोकियो । जापानमा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य...   

नाइजेरियाको उत्तरपूर्वी शहरमा बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी...   

अफगानिस्तानमा कार बम आक्रमण, २६ जनाको मृत्यु १७ जना गम्भीर घाइते

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको...   

म्याग्दीमा भएको जीप दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु...   
कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त ..

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त ..

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा...   

परीक्षा हेर्न जाँदा २६ वर्षीया शिक्षिकाको अकस्मात मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत...   
पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन...   

दक्षिण कोरियामा कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल...   

भारतमा कूल कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३...   

आगलागी हुँदा ७६ लाख बराबरको क्षति

कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top