Khabar Dabali Logo
  December 3, Thu

बुटवल र तिलोत्तमामा दुई संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५।१५ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए। तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

कात्तिक ५ गते, २०७७ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिहिबार थप १३ सय ४३ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । बिहिबार नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

बौद्धमा झ्यालढोका बन्द गरि हिटर बालेर सुतेको आमा छोरी मृत फेला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी...   

दोहोरो अङ्कले घट्यो नेप्से, आठ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।...   

गोरखाकाे जौबारीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।...   

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

बागलुङ । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top