Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्ने दाउराका लागि सञ्जयले टीकापुरमा रहेका अधिकांश सामुदायिक वन धाए तर उनले दाउरा पाएनन् ।

“राति २ बजे बुवा बिते, आफन्तहरु बिहान ४ बजेबाट दाउराको जोहो गर्न थाले, आफू उपभोक्ता रहेका सामुदायिक वनमा समेत पाउन सकिएन”, सञ्जयले भने, “पछि एक जना स्थानीय नेताले भनिदिएपछि दिउँसो १ बजे एक सामुदायिक वनले दाउरा दियो ।”

कैलालीको टीकापुरमा मृत्यु संस्कारका लागि आवश्यक दाउराको समस्या सधैँ हुने गरेको छ । मानिसको मृत्यु भएमा जलाउने दाउरा खोज्न निकै मेहेनत गर्नुपर्छ । यही समस्या समाधानका लागि टीकापुर क्षेत्रका सामुदायिक वनले दाहसंस्कारका लागि आवश्यक दाउराको व्यवस्थापन गर्ने सहमति गरेका छन् । टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा मङ्गलबार बसेको बैठकले दौलतपुर र सनकट्टी घाटमा दाहसंस्कारका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

“दौलतपुर र सनकट्टी घाटमा एक÷एकवटा घाटगद्धी डिपो स्थापना गर्ने, सनकट्टी घाटको डिपोको सितल सामुदायिक वन र दौलतपुर घाटको डिपोको रेखदेख गर्ने जिम्मा भगरैया वन संरक्षण समितिलाई दिने निर्णय गरेका छौँ”, टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष श्याम खत्रीले भने, “हामी घाटगद्धी स्थापना गर्न जुटिसकेका छौँ, सामुदायिक वनले गरेको यो निर्णय आउँदो मङ्सिर १ गतेदेखि लागु हुनेछ ।”

अध्यक्ष खत्रीले दाहसंस्कारका लागि अब नागरिकले दाउरा खोज्न सामुदायिक वन धाउनु नपर्ने बताए । “अब मृत्यु संस्कार गरिने घाट नजिकै रहेका घाटगद्धीमै दाउरा खरिद गर्न सकिने भएको छ”, उनले भने, “पीडामा थप पीडा नहोस् भनी हामीले यसो निर्णय गरेका हौँ । यसले नागरिकलाई सहज हुन्छ । अब दाउरा खोज्ने झण्झट गर्नुपर्दैन ।”

टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा बसेको बैठकमा टीकापुरभित्रका १० वटा सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको थियो । “टीकापुरमा रहेका सत्तीघाट, दौलतपुर घाट र सनकट्टी घाटमा टीकापुरका मात्र नभई जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाका नागरिक पनि आफन्तको अन्त्येष्टिका लागि आउने गरेका छन्”, अध्यक्ष खत्रीले भने, “आवश्यक भएका सबैले अब सहजरूपमा दाउरा पाउनेछन् ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies