Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे…

काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिशेष अतिथी थिए । प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए ।

आजको दृष्टि साप्ताहिकमा खबर छ - गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको मनोबल बढाउने गरी भाषण गरे । तर, उनको भाषण सुनेर प्रहरी अधिकारी भने हाँसिरहेका थिए । ‘प्रहरीको सुविधा बढाउन सरकार लागिपरेको छ’, गृहमन्त्री बादलले यस्तो भाषण प्रहरीले खुशी होइन पीडा दियो ।

किनकी, कोरोना संक्रमण नियन्त्रणमा खटिएका प्रहरीले सात महिना हुँदा पनि कुनै सुविधा पाएका छैनन् । जबकी सरकारले नै उनीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, उपलब्ध गराउन समेत कुनै पहल गरेका छैनन् । दशैंको मुखमा प्रहरीहरु न त भत्ता, न त बिदा पाउने अवस्थामा छन् ।

प्रहरीको राशनभत्ता नबढेको पाँच वर्ष भइसकेको छ । अपराध अनुसन्धानमा खटिने प्रहरीलाई समेत प्रोत्साहन भत्ता दिइने भने पनि कार्यान्वायन हुन सकेको छैन । प्रहरीका सयौं कार्यालयहरु अझै टहरामा छन् ।

खरिदमा हुने चलखेलले यूनिफर्म समेत आफैं किनेर लगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा गृहमन्त्रीले झुटो आश्वासन दिएपछि प्रहरी अधिकारीहरु आश्चर्य व्यक्त गरेका हुन् । ‘हाम्रा गृहमन्त्री त मूर्तिजस्ता रहेछन्’, एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीका कुनै समस्यामा पनि गम्भीरता छैन ।’

गृहमन्त्री बादलको असक्षमताका कारण प्रहरी संगठन कमजोर बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् । कहिले डिआईजीको दरबन्दी काट्ने, कहिले थप्नेजस्ता निर्णय गर्नुले पनि गृहमन्त्रीको कार्यशैली प्रष्ट हुन्छ ।

प्रहरीका कतिपय प्रस्ताव मन्त्रीपरिषद्मा महिनौं रोकिदा पनि त्यसलाई पारित गराउन उनको कुनै पहल हुने गरेको छैन । जसको असर सुरक्षा संगठनमा परेको छ ।

मन्त्री कमजोर हुँदा गृहमन्त्रीमा सचिव र सहयोगीहरुको हालीमुहाली बढेको छ । तिनीहरुले आफ्नो स्वार्थअनुसार संगठन चलाउन खोज्दा मन्त्री पंगु, संगठन निकम्मा बन्दै गएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies