Khabar Dabali Logo
  November 25, Wed

जनताको उपचारमा पैसा छैन तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

काठमाडौं । महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउन समेत नसक्ने घोषणा गरेको सरकारले साधारण खर्चमा भने ढुुकुटीमा बाढी लगाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – आर्थिक रूपमा मितव्ययी हुने घोषणा गरेको सरकारले आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको खर्चमध्ये ९० प्रतिशत रकम साधारण खर्च हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले सोमबार साँझसम्म कुल दुई खर्ब १३ अर्ब ९४ करोडको चेक काटिकसेको छ । सोमध्ये एक खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ साधारण खर्च हो । विकासतर्फ यो तीन महिनामा जम्मा १९ अर्ब ३६ करोड मात्र खर्च भएको छ । जब कि तीन अर्ब ४१ करोड रुपैयाँ वित्तीय व्यवस्थाको रूपमा ऋणको साँवा र ब्याज तिर्न खर्च गरिएको छ ।

सरकारले बजेट प्रस्तुत गर्दा भनेको थियो, ‘देश यसपालि महामारीको चपेटामा परेकोले मितव्ययी नीति अख्तियार गरिनेछ ।’ जनताको उपचारका लागि बजेट छैन भनेर सरकारी अधिकारीहरूले पटक पटक दोहोर्‍याए पनि सरकार सुविधा र भत्ता वितरणमा किञ्चित पनि मितव्ययी बनेको छैन ।

उता पुँजीगत खर्चतर्फ सरकारले पर्याप्त खर्च गर्न नसकेकाले गत वर्षबाटै एक खर्ब ४१ अर्ब बचतको रूपमा सरकारी ढुकुटीमा आएको छ । वैदेशिक ऋण तथा अनुदान, तल्लो तहमा खर्च हुन नसकेर फिर्ता आएको रकम र अन्य आम्दानीसमेत गर्दा सरकारको ढुकुटीमा अहिले पनि सवा दुई खर्ब रुपैयाँ रहेको देखिन्छ ।

चालू आर्थिक वर्षमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्रीका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । त्यस्तै चालू आर्थिक वर्षमा भैपरि आउने चालू खर्चका लागि १० अर्ब ४१ करोड ७५ लाख रुपैयाँ छ ।

संघीय सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १९ असोजसम्म दुई अर्ब ७६ करोड ९९ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सर्वसाधारण, उद्योगी–व्यवसायी, निजी प्रतिष्ठान, सार्वजनिक संस्थानलगायतले रकम सहयोग गरेका छन् ।

संघीय सरकारको जस्तै स्थानीय तह र प्रदेशमा समेत यस्ता कोष छन् । गत भदौसम्ममा प्रदेशका कोषमा ८७ करोड ८६ लाख रुपैयाँ र स्थानीय तहका कोषमा एक अर्ब ३५ करोड रुपैयाँ बाँकी थियो । असोजसम्मको अद्यावधिक तथ्यांक भने सार्वजनिक भइसकेको छैन । यसरी संघीय सरकारदेखि प्रदेश र स्थानीय तहको कोषमा करिब पाँच अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।

‘यहाँ बजेटमा व्यवस्था नभएको रकम भत्ताका रूपमा वितरण गरिएको छ, जनताका लागि त रकमान्तर गरेर पनि बजेट जोहो गर्न सकिन्छ,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सरकारको प्राथमिकता के हो, बजेट त्यसैमा खर्च हुन्छ, यो राजनीतिक निर्णयमा भर पर्छ ।’

असार मसान्तमा सरकारी ढुकुटीमा एक खर्ब ४१ अर्ब रुपैयाँ बचत थियो । साउनदेखि आइतबारसम्ममा सरकारले एक खर्ब ९९ अर्ब ९४ करोड रुपैयाँ प्राप्ति गरेको छ । त्यस्तै, ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । थप तीन अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्ने प्रक्रियामा छ । करिब ६० अर्ब रुपैयाँ (चार सय ९० मिलियन डलर) वैदेशिक ऋण सरकारी खातामा प्राप्त भइसकेको छ ।

सरकारको बचत र प्राप्ति जोड्दा करिब चार खर्ब तीन अर्ब रुपैयाँ हाराहारी देखिन्छ । यस अवधिमा सरकारले कुल दुई खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारको बचतसहितको आय–व्यय हिसाब गर्दा सरकारको ढुकुटीमा अहिले करिब दुई खर्ब ३२ अर्ब रुपैयाँ छ । यसर्थ, सरकारले चाहेमा जनताको उपचारका लागि आर्थिक स्रोतको दुःख छैन, संवेदनशीलताको भने अभाव नै छ ।

कात्तिक ५ गते, २०७७ - ०७:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको...   

निर्माण ठेक्काको म्याद थप गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण ठेक्काको म्याद थप गर्ने...   

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको...   

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समय सीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित...   

आजदेखि कक्षा १२ को परीक्षा सुरू हुदैँ

काठमाडौं । काेराेना कहमारीले स्थगित भएकाे कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै परीक्षा शुरु हुँदैछ...   

सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार

धनुषा । २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको...   

कोरोनाकाे कारण हालसम्म यी पाँच वरिष्ठ चिकित्सककाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक...   
राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...   

१ डिग्रीकाे दरले तापक्रम वृद्धि हुदाँ जिडिपीमा १.६१ प्रतिशत घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा...   

९१ प्रतिशत नेपाली काेराेना संक्रमणमुक्त, १,३३७ काे मृत्यु

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top