Khabar Dabali Logo
  November 25, Wed

दसैंमा घर जानेबाट कोरोना गाउँ–गाउँ फैलिने जोखिम

काठमाडौं । दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको संख्या बढेसँगै काठमाडौं र अन्य सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – लकडाउन र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य अवस्थामा फर्किए पनि संक्रमण बढ्दै गएपछि चिन्ता बढेको छ । नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौंबाट लाखौँ मानिस आफ्नो गाउँघर फर्किन थालेका छन् ।

भिडभाड गरेर गाउँघर फर्किनेका कारण संक्रमणकोे जोखिम झन्झन् बढ्ने चिकित्सकहरूले बताउने गरेका छन् । सरकारले यसपटक कोरोना संक्रमण फैलिन नदिन आफू रहेको स्थानमै दसैँ मनाउन आग्रह गरेको छ । एकाघरका बाहेक अरूको घरमा नजान तथा भिडभाड नगर्न, अनलाइनबाटै आशीर्वाद लिन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम यातायातका साधनमा आवतजावत गर्दा संक्रमण थप फैलने भएकाले सर्वसाधारणले आफू बसेकै स्थानमा दसैँ मनाउँदा राम्रो हुने बताउँछन् ।

उनी भन्छन्, ‘कोरोना महामारीका वेलामा गाउँसहर जाँदा संक्रमण फैलने भएकाले दसैँमा नहिँड्न आग्रह गरिएको हो । मन्त्रालयको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले आवतजावत गर्न नदिने निर्णय गरेको छ । साथै जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाउने निर्णय भएको छ,’ उनले भने ।

ट्राफिक महाशाखाका अनुसार, पछिल्लो केही दिनयता काठमाडौंबाट बाहिरिनेको संख्या तुलनात्मक रूपमा बढेको छ । अहिले दैनिक २१ हजारसम्म मानिस उपत्यका बाहिरिने गरेका छन् ।

‘पछिल्लो समय काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको भन्दा तुलनात्मक रूपमा कम भए पनि चाडपर्व नजिकिँदै गर्दा यात्रा गर्नेको संख्या बढेको हो । हाम्रो अनुमानमा यो संख्या दसैँसम्म अझै बढ्न सक्छ,’ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल भन्छन् ।

ट्राफिक महाशाखाका अनुसार, पछिल्लो केही दिनयता काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । अहिले दैनिक २१ हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।

पछिल्लो समय संक्रमितको संख्या अत्यधिक बढे पनि महामारीलाई बेवास्ता गरिन थालिएको छ । सामान्य जीवनशैलीमा फर्किन काम सुचारु भएसँगै सार्वजनिक स्थानमा भिडभाड बढ्नुका साथै सावधानीसमेत अपनाइएको पाइन्न । सार्वजनिक यातायातमा भिडभाड बढ्दै गएकाले समेत संक्रमणको जोखिम बढ्ने विज्ञहरू बताउँछन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने गरी चाडपर्व नमनाउन आग्रह गरे पनि दसैँमा घर जानेको संख्या बढ्दै जाँदा संक्रमण अब गाउँघरसम्म पुग्ने भएको छ । जसका कारण गाउँघरमा संक्रमणको जोखिम झनै बढेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । काठमाडौं र सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेका कारण दसैँमा गाउँघर जाने व्यक्तिहरूबाट जोखिम थपिएको छ ।

गाउँमा वृद्धवृद्धा प्रभावित हुने जोखिम
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार प्रतिरोधी क्षमता कम हुने व्यक्तिहरू भाइरसको संक्रमणबाट बढी प्रभावित हुने गर्छन् । अर्थात् वृद्धवृद्धा, गर्भवती वा सुत्केरी, बालबालिका, दीर्घरोगी तुलनात्मक रूपमा बढी जोखिममा छन् ।

डा.पुनका अनुसार, संक्रमण जुनसुकै व्यक्तिमा हुने भए पनि निश्चित उमेर र स्वास्थ्य अवस्था भएका व्यक्तिहरू उच्च जोखिममा रहन्छन् । संक्रमणको समय लामो रहनु र महामारीसँगै बाँच्न सिक्ने समय भएकाले संक्रमणलाई सामान्य रूपमा लिए पनि बेवास्ता भने गर्न नहुने उनी बताउँछन् ।

डा.पुन भन्छन्, ‘नेपालको सन्दर्भमा काम गर्ने उमेर समूहका व्यक्तिहरू घरबाहिर रहने र परिवारमा अर्थात् गाउँघरमा बुढापाका वा बालबच्चा मात्रै बस्ने हुँदा सहरबाट भित्रिनेहरूबाट संक्रमणको जोखिम बढेको हो । साथै दसैँको समयमा बुढापाकाको आशीर्वाद लिने, टीका लगाउने, भेटघाट गर्ने र रमाइलो गर्ने संस्कृतिका कारणसमेत वृद्धवृद्धासम्म संक्रमण पुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।’

चाडपर्वमा कसरी संक्रमणबाट सुरक्षित रहने ?
लामो दूरीका सवारीसाधन खुलेसँगै भिडभाड बढेको छ । सरकारले सार्वजनिक यातायातमा भौतिक दूरी कायम गरेर मात्र सञ्चालन गर्न पाउने मापदण्ड संशोधन गर्दै अब सिटभरि यात्रु राख्न पाउने निर्णय गरेको छ ।

पछिल्लो समय गाउँघरसम्मै सार्वजनिक सवारी चल्ने भएकाले र सवारीसाधन प्रयोग गर्नेको संख्या बढेकाले भौतिक दूरी कायम राख्न गाह्रो भएको यातायात व्यवसायी बताउँछन् । सुरुवातको समयमा भौतिक दूरी कायम राख्ने, अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता मापदण्ड अपनाइए पनि बिस्तारै पुरानै लयमा फर्किन थालेको पाइन्छ । चाडपर्वको समयमा भिडभाड झनै बढ्ने हुँदा कोरोना गाउँघरसम्मै फैलिने अवस्था आएको छ ।

जाडो मौसमको सुरुवाती र लकडाउन खुल्दा संक्रमितको संख्यामा दोब्बर वृद्धि भइरहेको छ । फ्लुको मौसम पनि सुरु हुने समय भएकाले कोरोना र फ्लुको फ्युजनको मार आममानिसमा पर्ने भएकाले संक्रमण नियन्त्रणका लागि आममानिसले विशेष ध्यान दिनुपर्ने बताउँछन् डा. पुन ।

उनी भन्छन्, ‘सार्वजनिक यातायातमा यात्रा गर्दा सकेसम्म भिडभाड नगरौँ । दसैँमा टीका थाप्दा अनिवार्य मास्कको प्रयोग गर्ने, भिडभाड नगरीकन पालैपालो टीका थाप्ने, रमाइलोका लागि जमघट नगर्ने मात्रै गर्ने हो भने जोखिम कम गर्न सकिन्छ ।’

कात्तिक ५ गते, २०७७ - ०७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको...   

निर्माण ठेक्काको म्याद थप गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण ठेक्काको म्याद थप गर्ने...   

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको...   

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समय सीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित...   

आजदेखि कक्षा १२ को परीक्षा सुरू हुदैँ

काठमाडौं । काेराेना कहमारीले स्थगित भएकाे कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै परीक्षा शुरु हुँदैछ...   

सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार

धनुषा । २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको...   

कोरोनाकाे कारण हालसम्म यी पाँच वरिष्ठ चिकित्सककाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक...   
राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...   

१ डिग्रीकाे दरले तापक्रम वृद्धि हुदाँ जिडिपीमा १.६१ प्रतिशत घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा...   

९१ प्रतिशत नेपाली काेराेना संक्रमणमुक्त, १,३३७ काे मृत्यु

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top