Khabar Dabali Logo
  November 25, Wed

वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन

काठमाडौं । जनताको स्वास्थ्यप्रति सरकारको संवेदनशीलता हेर्न अन्त कतै जानु पर्दैन, वीर अस्पतालको अक्सिजन प्लान्ट हेरे पुग्छ । गत चैतमा बिग्रिएको हो अक्सिजन प्लान्ट, जम्मा ३५ लाखमा बन्ने अनुमान छ । तर, त्यही बजेट पनि नभएकोले सात महिनादेखि प्लान्ट अलपत्र परेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – देशको जेठो अस्पताल वीरले विपन्न बिरामीलाई सेवा दिँदै आएको छ । तर, यही अस्पतालमा कोभिड महामारीबीच पनि अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजनका सिलिन्डर खरिदमा करोडौं रकम खर्च भइरहेको छ ।

वैशाख ०७४ मा दुई करोड ६६ लाख रुपैयाँमा खरिद गरेर जडान गरिएको अक्सिजन प्लान्ट गत चैतमा बिग्रिएको थियो । दैनिक एक सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सो प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ ।

अस्पताल भर्ना हुने करिब २० प्रतिशत संक्रमितलाई कुनै पनि समय अक्सिजन आवश्यक पर्ने चिकित्सक बताउँछन् । अझ समयमै अक्सिजन उपलब्ध गराउन सकिए आइसियू र भेन्टिलेटरमा जाने बिरामीको संख्या कम गर्न सकिने पनि चिकित्सक बताउँछन् । तर, ‘कोभिड डेडिकेटेड’ अस्पताल वीरमा अक्सिजन बनाउन सरकार संवेदनशील छैन ।

अहिले वीर अस्पतालले दैनिक ९० देखि १०० सिलिन्डर अक्सिजन किनेर चलाइरहेको छ । ‘अक्सिजन खरिदमा मात्रै लाखौँ रुपैयाँ खर्च भइरहेको छ । त्यसमाथि अहिले अस्पतालसँग पर्याप्त रकम पनि छैन ।

अहिले अक्सिजन सप्लायर्सले पनि अक्सिजनको मूल्य बढाउने भनेका छन्,’ अस्पतालका निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘विदेशबाट सामान ल्याउने भन्ने छ, तर कहिले आउँछ भन्न सकिने अवस्था छैन, छिटोभन्दा छिटो मर्मत गर्ने योजना छ ।’

स्रोतका अभावमा रहेको वीरले सरकारसँग ३२ करोड रुपैयाँ मागेको थियो । जम्मा दुई करोड मात्र पाएकोले आर्थिक रूपमा प्राथमिकता नै छुट्याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर मेसिन, पिपिई, मास्क खरिद गर्नेदेखि स्वास्थ्यकर्मीलाई भत्ता दिनुपर्ने अवस्था छ, तर पैसा अपुग भएकोले कुनै पनि काम सहज रूपमा गर्न नसकिएको अस्पतालले जनाएको छ ।

कात्तिक ५ गते, २०७७ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको...   

निर्माण ठेक्काको म्याद थप गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण ठेक्काको म्याद थप गर्ने...   

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको...   

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समय सीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित...   

आजदेखि कक्षा १२ को परीक्षा सुरू हुदैँ

काठमाडौं । काेराेना कहमारीले स्थगित भएकाे कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै परीक्षा शुरु हुँदैछ...   

सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार

धनुषा । २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको...   

कोरोनाकाे कारण हालसम्म यी पाँच वरिष्ठ चिकित्सककाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक...   
राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

राहुघाट जलविद्युतकाे बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...   

१ डिग्रीकाे दरले तापक्रम वृद्धि हुदाँ जिडिपीमा १.६१ प्रतिशत घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा...   

९१ प्रतिशत नेपाली काेराेना संक्रमणमुक्त, १,३३७ काे मृत्यु

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top