Khabar Dabali Logo
  November 29, Sun

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे बालुवाटारमा कुनै सहमति नभएको बताएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाको अनुसार कर्णाली प्रदेश सरकारको विवादमा केन्द्रले हस्तक्षेप गर्न नहुने र प्रदेश पार्टी र सरकारले नै निकास निकाल्नुपर्ने प्रचण्डको अडान रहेको र बालुवाटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप सहमति नभएको बताएका छन् ।

उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, –‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।’
सापकोटाले थप लेखेका छन्, –‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले कर्णाली सरकारको विवादबारे दुई अध्यक्षबिच चारबुँदे सहमति भएको भन्दै एक प्रेस नोट सार्वजनिक गरेका थिए ।

यसअघि नेकपा नेतृत्वको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्द ओली पक्षका प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने मुख्यमन्त्री महेन्द्र शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षीय सांसद प्रस्तावबाट पछी हटेपक्षि ओलीपक्षिय कडेल लगायतका सांसदहरु स्पष्ट अल्पमतमा परेका छन् भने प्रमुख सचेतकसमेत हटाइएका छन् ।

कात्तिक ४ गते, २०७७ - १९:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   

पार्टी बैठक टार्ने ओली रणनीति –समय जुधाएर मन्त्रिपरिषद बैठक बोलाइयो

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठककै सम पारेर मन्त्रिपरिषदको...   
गएराति चिनियाँ राजदुत र प्रधानमन्त्रीबिच के भयो कुराकानी ?

गएराति चिनियाँ राजदुत र प्रधानमन्त्रीबिच के भयो कुराकानी ?

काठमाडौं । नेकपाभित्र विवाद चुलिएको बेला चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी...   

आगामी तीन दिनको मौसमको यस्तो छ पुर्वानुमान –यात्रामा सचेत हुनुहोस्

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top