Khabar Dabali Logo
  November 29, Sun

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गरेका छन् । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गरेको हो ।

उनले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको जनाउँदै उनले भने, “यो मेरो लागि नयाँ ठाउँ हो । कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पु¥याउने छु ।”

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

छलफलमा मुख्य सचिव वैरागीले मुलुकमा सुशासन र सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताए । छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागार्इँलगायतको सहभागिता थियो । बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी लिने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

कात्तिक ४ गते, २०७७ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक लाखको सुपारी दिइ छोरीको हत्या, बाबुआमासहित सात जना पक्राउ

एक लाखको सुपारी दिइ छोरीको हत्या, बाबुआमासहित सात जना पक्राउ

रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा...   

शेयर बजारमा आज पनि नयाँ कीर्तिमान, नौ अर्ब माथीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से...   

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको...   

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन, शिक्षामा दीर्घकालीन असर पर्ने विज्ञहरुको भनाइ

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको...   

पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा काेराेना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा...   

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना...   

यस्तो छ उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको...   

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी...   

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट, एक टिकट खरिदमा अर्को टिकट निःशुल्क

काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top