Khabar Dabali Logo
  November 30, Mon

कर्णाली विवाद मिलाउने जिम्मा प्रदेशलाई नै दिन प्रचण्डको प्रस्ताव, ओली मौन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुपकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने जिम्मा प्रदेशलाई नै दिनुुपर्ने प्रस्ताव राखेका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र प्रचण्डबीच करिव २ घण्टा भएको भेटवार्तामा कर्णाली प्रदेशमा देखिएको समस्यामा केन्द्रले हस्तक्षेप गर्नु भन्दा प्रदेशलाई नै मिलाउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डको यो प्रस्तावमा ओली मौन रहेपछि कुनै सहमति बन्न नसकेको बुझिएको प्रचण्ड निकट एक नेताले बताए ।

ती नेताले भने, ‘छलफलमा अध्यक्ष प्रचण्डले यो कर्णालीको समस्या त्यहीको पार्टी र प्रदेश सरकारले नै हल गर्नुपर्छ यो उतै जिम्मा दिउ भन्ने प्रस्ताव गर्नुभयो ।’

कर्णाली प्रदेशको विवाद अझै मिल्न सकेको छैन । गत असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेल लगायतका १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको विवाद कसरी मिलाउने भन्नेमा नेताहरुबीच नै मतभेद देखिँदा विवाद लम्बिएको हो ।

कात्तिक ४ गते, २०७७ - १२:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब कारागार संघ र प्रदेशको मातहतमा रहने

काठमाडौँ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी...   

आज पनि नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाै‌ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल...   

अब ७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ...   

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको...   

सरकारद्वारा विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले...   

भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ – डा भट्टराई

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद...   

कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा...   

सोमबार थप १४ सय ७४ मा कोरोना संक्रमण, १९ सय ३१ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

मुख्यमन्त्री भन्छन् – अब रोग र भोकले नागरिकको ज्यान जादैन, घरघरमा सेवा दिन्छौ

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको...   

मार्च महिनापछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे

सिड्नी । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top