Khabar Dabali Logo
  December 3, Thu

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको छ ।

गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए। प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए।

चोरीको आरोपमा दुई पक्राउ

कास्की प्रहरीले माछापुच्छ«े गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

कात्तिक ४ गते, २०७७ - ०९:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिहिबार थप १३ सय ४३ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । बिहिबार नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

बौद्धमा झ्यालढोका बन्द गरि हिटर बालेर सुतेको आमा छोरी मृत फेला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी...   

दोहोरो अङ्कले घट्यो नेप्से, आठ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।...   

गोरखाकाे जौबारीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।...   

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

बागलुङ । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top