Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण, ४७ जनामा कोरोना पुष्टि

महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालले एक हजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ ।

गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा शुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको हो ।

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए । यसैगरी गत असोजमा गरिएको ६५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर परीक्षण शुरु गराएको हो ।

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको बताइएको छ । सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताउनुभयो ।

अस्पतालले स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा९रिपोर्ट० दिँदै आएको छ । यो व्यवस्थाले यसअघि १०÷१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् । करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ । यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको छ ।

नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीन तले भवनमा ८६ कोठा छन् । अस्पतालमा कोभिड–१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसन कक्ष छ । भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्कीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies