Khabar Dabali Logo
  December 3, Thu

संसदीय छानबिन समितिको निष्कर्ष : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले राजु सदाको ज्यान गयो

जनकपुरधाम। धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको लापरबाही देखिएको छ । घटना अध्ययन गर्न गठित समितिले मन्त्रालय र अस्पतालको लापरबाहीले सदाको ज्यान गएको निष्कर्ष निकालेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – झाडापखाला लागेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका हंसपुर नगरपालिका–७ पर्साहीका १५ वर्षीय सदाको २४ असारमा मृत्यु भएको थियो । यसको छानबिनका लागि प्रदेश सभाले नेकपाका सांसद रवीन्द्र बैठाको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह सदस्य रहेका थिए ।

सोमबार छानबिन समितिले प्रदेशका सभामुख सरोजकुमार यादवलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ ।

त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रयोगशालाले समयमा रिपोर्ट नदिएकाले पनि सदाको उपचार प्रभावकारी रूपमा हुन नसकेको जनाएको छ । बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि सिसिक्यामेरा बिग्रिएकाले कतिवेला स्वास्थ्यकर्मी पुगे भन्ने यकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कात्तिक ४ गते, २०७७ - ०७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ८० प्रतिशतले घट्यो

काठमाडौं। कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा सन् २०२० को ११ महिनामा ८० प्रतिशतले पर्यटक आगमनमा...   
हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला विमानस्थलमा आगलागी, चिसाेकाे कारणले नियन्त्रणमा कठिनाइ

हुम्ला । आज(बिहीबार) बिहानै हुम्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका...   

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने...   

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका...   

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक मंसिर २५ र २६ गते

काठमाडौं। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ...   

गणतन्त्र स्थापनाको १२ वर्षमै किन सलबलाए राजावादी ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो...   

नेकपाकाे आन्तरिक विवादमा दुवै अध्यक्ष रक्षात्मक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा...   

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि...   

अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम...   
अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

अर्थतन्त्र पुनरुत्थानमा महासंघको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णु पौडेलसँग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top