Khabar Dabali Logo
  November 29, Sun

सांसद महेश बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले सो रकम हस्तान्तरण गरे ।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई रु ६५ हजार हस्तान्तरण गर्दै जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको र चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा गरीब र असहायलाई सहयोग गर्नुपर्ने धारणा राखे।

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गरे। सांसद बस्नेतले अस्पतालमा कोभिड–१९का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गरे।

हाल ६ शय्याको भेन्टिलेटरसहित १५ शय्याको आइसोलेशन सञ्चालन भइरहँदा कोभिड बिरामीको चाप अत्याधिक बढेपछि आजदेखि थप आठ शय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको उपचार गरिएको अध्यक्ष सुवालले जानकारी दिए । सरकारले कोभिड बिरामीको उपचारका लागि १०० शय्या थप गर्न रु एक करोड १० लाख बजेट पठाए पनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको जनाउँदै मेसु डा गौतमले ठाउँका लागि कतै व्यवस्थापन भए सहज हुने बताए ।

कात्तिक ३ गते, २०७७ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक लाखको सुपारी दिइ छोरीको हत्या, बाबुआमासहित सात जना पक्राउ

एक लाखको सुपारी दिइ छोरीको हत्या, बाबुआमासहित सात जना पक्राउ

रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा...   

शेयर बजारमा आज पनि नयाँ कीर्तिमान, नौ अर्ब माथीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से...   

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको...   

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन, शिक्षामा दीर्घकालीन असर पर्ने विज्ञहरुको भनाइ

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको...   

पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा काेराेना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा...   

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना...   

यस्तो छ उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको...   

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी...   

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट, एक टिकट खरिदमा अर्को टिकट निःशुल्क

काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top