Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

भक्तपुर । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो । दिउँसो २ बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।

हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा काटियो तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो । ४ बजे विद्युत् आएपछि हतारहतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउँदै स्कुलले परीक्षा रोकिदियो ।

चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा शुरु गरेको विद्यालयले आपत्कालीन अवस्थाका लागि अतिरिक्त व्यवस्था नगर्दा परीक्षा छुटेपछि छात्रा गिरी मात्रै होइन धेरै विद्यार्थी मानसिक तनावमा परेका छिन् । विद्यालयलाई विद्युत् गएर परीक्षा रोकिएको जानकारी गराउँदा सिस्टममै निर्धारित समयभन्दा बढी गए आफैँ काटिने भएकाले विद्युत् गए पनि परीक्षामा सहभागी हुन नपाउने जवाफ दिएको अभिभावक बताउँछन् ।

यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाइन कक्षाका बहानामा विद्यालयलाई शुल्क उठाउन सजिलो भए पनि इन्टरनेट प्रदायक कम्पनी र विद्युत् प्राधिकरणको लापरवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक तनावमा परेका छन् । कक्षा लिँदा होस् वा परीक्षा दिँदा बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत् प्रवाह बन्द हुने र जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेका छन् ।

कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमि कौशलटारका आयुश शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको बताउछन् । पछिल्लो समयमा विद्यालयले पूरा शुल्क लिने तर विद्यार्थीले सहज पढ्न नपाउने समस्या र गुनासो सबै अभिभावकसँग भएको उहाँको भनाइ छ । अनलाइन कक्षा सञ्चालन भएका विद्यार्थीका अधिकांश घरमा कुनै न कुनै कम्पनीका ४० देखि ६० एमबीसम्मका इन्टरनेट राखे पनि सबैले इन्टरनेट स्लो हुने गरेको गुनासो गर्ने गरेको बताउँछन् ।

इन्टरनेट कम्पनीले शुल्कअनुसारको सेवा नदिएर ठगी गर्दा पनि कारवाही नहुनु विडम्बना भएको बताउनुहुन्छ, उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा । “ठगी गर्नेलाई कारवाहीमा ल्याउनु सरकारको दायित्व हो तर सरकारको यसमा ध्यान जान सकेको छैन”, उहाँले भन्नुभयो ।

मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै छ । कक्षा १० मा अध्ययनरत उनी बेलाबेलामा झ्याप्प झ्याप्प जाने बत्ती र अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउनुहुन्छ । उनी भन्छन्, “अनलाइन कक्षाका लागि नयाँ ल्यापटप ल्याइयो, घरमा ६० एमबीको इन्टरनेट जोडियो, केही दिन त ठिकै थियो, अहिले त बेलाबेलामा बत्ती जाने र इन्टरनेट अति स्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसइई परीक्षा दिन सकिएला ?”

विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनावमा परेका छन् । सरकारले एसइईको परीक्षा कसरी सञ्चालन गर्ने हो भन्ने टुङ्गो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयले वैशाखदेखि साउनसम्मको आधा शुल्क र साउनदेखि पूरै शुल्क लिएर अनलाइनबाट पढाइरहेका छन् तर पढाइ प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन् ।

अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ हुने समस्या त छँदैछ, अधिकांश विद्यार्थी र अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामा पनि कमी आएको छ । अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भए पनि विद्यार्थी झन अन्यौलमा पर्ने गरेको अभिभावकदेखि विद्यार्थीसम्मको गुनासो छ ।

विद्यालयले तलब नदिएकै कारण धेरै विद्यालयका शिक्षकले छाडेपछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरकफरक विषयको अध्यापन गराइरहेका छन् । सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दा र अभिभावक सङ्घले चासो नदिँदा शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी र अभिभावक भने सधैँ तनावमा रहने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies