Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले भने, “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्वका हुन्छन् । सेनाले सम्पन्न गरेका सबै कार्य राष्ट्रिय उपलब्धि हुन् ।”कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबानजस्ता विपद्मा सेनाले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पु¥याएको सहयोगको प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टिन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको छ भने ।

कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।”

कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उहाँले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको औँल्याए ।

कोभिडविरुद्ध कार्ययोजना बनाइने
राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेलेर जनतामा त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सेनाभित्रै हुन सक्ने घुसपैठमा पनि सङ्गठनको उच्च नेतृत्व सजग र सचेत रहनुपर्छ ।”

निर्दिष्ट संवैधानिक दायित्व सम्पादन तथा राष्ट्रिय हितलाई सम्बद्र्धन गर्न सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने बताउँदै उनले सेनाको दीर्घकालीन सोच, पुनर्संरचना योजना तथा अपरेशनल अवधारणामा सरकार सकारात्मक छ भने । सेनाभित्र पारदर्शिता र इमान्दारीको अभ्यास स्थापित हुँदै गएको आफूले पाएको बताउँदै प्रधानमन्त्री ओलीले सेनाप्रति जनताको विश्वास राख्नमा सजग रहन निर्देशन दिए ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्योल र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्ने कार्ययोजना बनाउन बैठकले दिशानिर्देश गर्ने बताए । बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनले अघि सारेका कार्यक्रम र लक्ष्य प्राप्त गर्ने दिशामा सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको स्पष्ट गरे ।

तीन दिने उक्त बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुति दिनेछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies