Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेप्सेमा साढे पाँच अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ । कूल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर रु एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ ।

यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा १८.९८ र सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रहे । सो बैंकको रु २४ करोड ४५ लाख ५१ हजार ६०० बराबरको कारोबार भएको छ ।

यस्तै, पुनर्बीमा कम्पनी रु चार करोड ७६ लाख ५२ लाख ७९७, आइसिएफसी फाइनान्स रु तीन करोड ९५ लाख ३९ हजार ४६८, नागरिक लगानी कोष रु तीन करोड ९५ लाख २६ हजार ९४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ५२ लाख ५० हजार ४३ र अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ४० लाख चार हजार ९३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै, कारोबारका आधारमा जनरल इन्सुरेन्स ९.८७, आइसिएफसी फाइनान्स ५.२६, नेपाल ल्युब आयल ४.७४, गुराँस लघुवित्त वित्तीय संस्था ४.१६, प्रोगेसिभ फाइनान्स ३.९१ र हिमालय बैंकको संस्थापक शेयरधनीले ३.४५ प्रतिशतले कमाए ।

त्यस्तै, रैराङ हाइड्रोपावर ७.५४, नेपाल फाइनान्स ६.२९, अरुण भ्याली हाइड्रोपावर ५.१७, घलेम्दी हाइड्रो ४.२४, समृद्धि फाइनान्स ३.५७ गुह्यश्वरी फाइनान्स ३.४३, बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies