Khabar Dabali Logo
  October 24, Sat

पूर्वमन्त्री डा यादवको निधन

काठमाडौं । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए। यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए । उनको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनका श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।

कात्तिक २ गते, २०७७ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top