Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी

दमौली । दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् । खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् ।

भिमाद नगरपालिका–९ भानुमतिको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसीबोका बिक्री गरेको छ । सहकारीले रु ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिनुभयो । तनहुँ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा खसीबोका बिक्री गरिएको हो ।

“खसीबोका बजारीकरण गर्न सहकारीले सहयोग गर्दै आएको छ, तनहुँभन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसीबोका किन्न आइपुग्छन्”, आलेले भने । प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरेको उनले उल्लेख गरे । सो सहकारीमा आबद्ध २०८ कृषकले खसीपालन गरेका छन् । उक्त सहकारीले १९४ खसीबोका बिक्री गरेको थियो ।

यस्तै व्यास नगरपालिका–८ रिस्तीस्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ६२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिए । नगरपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

यसैगरी घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा १७३ खसीबोका बिक्री भएको छ ।

भिमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत रु २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिए । सो सहकारीले १७४ खसीबोका बिक्री गरेको छ । सहकारीमा आबद्ध ५७० शेयर सदस्यमध्ये ४०८ जनाले बाख्रापालन गर्दै आएका छन् ।

“कोरोनाको प्रकोपका बीचमा कृषकले पालेका खसीबोका बिक्री हुन्नन कि भन्ने चिन्ता थियो । व्यापारी खोजी गरी खसी बिक्री गर्न सफल भयौ”, उनले भने, “यसले गर्दा कृषकलाई पनि सहज भएको छ ।”

यस्तै घिरिङ गाउँपालिका–२ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ खसीबोका बिक्री गर्न सकिएको जानकारी दिए ।

“दशैँ नजिकिँदै गर्दा सहकारीमा आबद्ध कृषकले पालेका खसीबोका बिक्री गरेर गाउँमा पैसा भित्र्याउन सक्यौँ, शेयर सदस्य उद्यमशील बनेका छन् । सहकारीले पनि केही प्रतिशत नाफा गर्न सकेको छ”, उनले भने ।

भिमाद नगरपालिका–२ जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ७९६ हजार बराबरको खसीबोका बिक्री भएको छ । यस अवधिमा ५५ खसीबोका बिक्री गरिएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवास्थित आधारशिला उद्यमी महिला सहकारी संस्थामार्फत रु पाँच लाख ८३ हजार तथा शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु चार लाख ९५ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २९ लाख ९२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारीमार्फत खसीबोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन बिक्रीमा अनुदान दिएको जानकारी दिए । “सहकारीमार्फत बिक्री वितरण गर्दा अनुदान प्राप्त हुँदा कृषक पनि सहकारीमार्फत बजारीकरण गर्न आकर्षित भएका छन्”, उनले भने, “यसले किसानलाई बिचौलियाबाट ठगिन परेको छैन ।”

यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु सात लाख ४४ हजार बराबरको खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिका–९ का कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका बिक्री गर्न पाउँदा सहज भएको बताए ।

“कोरोनाका कारण अहिले खसीबोका बिक्री हुन्न कि भन्ने चिन्ता थियो, त्यो चिन्ता अब रहेन”, उनले भने, “खसीबोका बिक्री गरेर मनग्य आम्दानी भइरहेको छ ।” भिमाद नगरपालिका–४ माझकोटका कृषक प्रेक्षा राना र पार्वती लम्सालले पनि चाडपर्व नजिकिँदै गर्दा खसी बिक्री भएपछि घरखर्च चलाउन सहज भएको बताए ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेसलन नेपालको साझेदारीमा ती सहकारीमा पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत किसानले उत्पादन गरेका पशु वस्तुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृढीकरण, सहकारीको आवश्यक नीतिनिर्माण र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिए ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसीबोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको बताए । “हचुवाको भरमा खरिद बिक्री हुँदै आएको कार्यलाई निरुत्साहित गर्दै जिउँदो खसीबोकाको नापतौलको आधारमा मूल्य निर्धारण गरी किसानले बिक्री गर्न सफल भएका छन्”, पौडेलले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies