Khabar Dabali Logo
  October 25, Sun

नेकपाको सिमकोटमा नयाँ पार्टी कार्यालय स्थापना

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले सिमकोटमा आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराएका हुन् ।

शनिबार आयोजित कार्यक्रममा सांसद लामाले कार्यालयलाई पाठशालाका रुप दिनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढाउनुपर्नेमा जोड दिँदै कुनै गुटउपगुटमा नलागी विकासलाई अगाडि बढाउनुपर्ने बताए । पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विजय भण्डारीले गडगडाउने खोला सफा हुने र पोखरी धमिलो हुने बताउँदै जीवित पार्टीमा विवाद स्वाभाविक भएको विचार राखे ।

नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसीले सङ्घीयता, गणतन्त्र र राज्य पुनःस्थापनाका निम्ति हुम्लाबाट बलिदान दिएका १११ जनाको अधुरा सपना पूरा गर्न सबैलाई आग्रह गरे । अलगअलग पार्टी कार्यालयलाई एकीकृत गर्ने गरी नियमित सञ्चालन गर्ने, दुवै पार्टीका नाममा वा स्वामित्वमा रहेका सम्पत्ति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखलाई अद्यावधिक गरी प्रदेश कार्यालयमा पठउनेलगायत काम गरिने पार्टी कार्यालय सचिव कमल बोहराले जानकारी दिए ।

कात्तिक २ गते, २०७७ - १०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top