Khabar Dabali Logo
  October 27, Tue

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट असुल गरेको शुल्कको विषयमा निजी विद्यालय र अभिभावकबीच विवाद चर्किएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ- केही निजी विद्यालयले मनलाग्दी शुल्क मागेको गुनासा तथा उजुरी स्थानीय तहका शिक्षा विभागदेखि, सिडिओ कार्यालय, शिक्षा मन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।

अघिल्ला वर्षभन्दा बढी शुल्क लिएको कतिपय विद्यालयमा शिक्षण शुल्कबाहेक अनावश्यक शुल्क मागेको भन्दै राजधानीका केही नाम चलेका महँगा निजी विद्यालय सञ्चालक र अभिभावकबीच विवाद चर्किएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड– १९ को समयमा सञ्चालन भएका अनलाइन कक्षाको शुल्क निर्धारणको बाटो नदेखाएपछि विवाद पेचिलो बन्दै गएको छ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको शिक्षा मन्त्रालयले शुल्क निर्धारण स्थानीय तहले गर्ने जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकारी स्थानीय तहको भए पनि अधिकांश पालिकाले शुल्क निर्धारण गरेका छैनन् । जसका कारण अभिभावक र निजी विद्यालयबीच विवाद चर्किएको हो ।

पछिल्लो समयमा अभिभावकले विद्यालयकेन्द्रित आन्दोलनसमेत गरेका छन् । पछिल्लो उदाहरण बनेको छ– काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडेल स्कुल (केएमसी) । अनलाइन कक्षा सञ्चालन गरेको स्कुलले शिक्षण शुल्क अघिल्लो वर्षभन्दा पनि बढाएपछि शुक्रबार अभिभावकले विद्यालय घेराउ गरेका थिए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार विद्यालयले अघिल्लो वर्षभन्दा चार सय रुपैयाँ शुल्क बढाएको र अभिभावकसँग वार्ता गर्नसमेत बेवास्ता गरेका कारण स्कुल घेराउ गरिएको बताए । अभिभावक महासंघका अध्यक्ष भण्डारीका अनुसार महँगा केही नाम चलेका विद्यालयमा शुल्कका विषयमा विवाद चर्किएको बताए ।

केएमसीमा जस्तै केही दिनअघि बौद्धस्थित बौद्ध इन्टरनेसनल स्कुलमा समेत व्यवस्थापन र अभिभावकबीच विवाद भएको थियो । अनलाइन कक्षाको शुल्क तिर्न केही दिन ढिलाइ भएपछि विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गराएको भन्दै बौद्ध इन्टरनेसनल स्कुलका अभिभावक आन्दोलित भएका थिए ।

स्कुलले कोभिडको समयमा पनि शुल्क बढाएको, अनलाइन कक्षाबाहेक स्टेसनरी, यातायातलगायतको शुल्क मागेको गुनासो छ । अभिभावक विद्यालयभित्रै प्रवेश गरी आन्दोलन गरेका थिए ।

आन्दोलनमा उत्रिएका केही विद्यार्थी र अभिभावकलाई विद्यालय प्रशासनले प्रहरीमा उजुरी गरेको थियो । सो स्कुलमा अहिले पनि विवाद कायम छ । नक्सालस्थित वृहस्पति विद्यासदन स्कुलमा पनि विवाद चर्किएको थियो । शुल्कका कारण आन्तरिक जाँच रोकेको भण्डारीको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुल्कसम्बन्धी उजुरी र गुनासा शिक्षा मन्त्रालयसम्म आएको बताए । निजी विद्यालयले स्थानीय तहबाट स्वीकृति लिएर शुल्क उठाउन पाउने बताए । विद्यालयमै पुगेर कक्षा सञ्चालन नभएकाले होस्टेल, गाडीलगायत शुल्क लिन नमिल्ने उनको भनाइ छ ।

कानुनले विद्यालय स्थापना, सञ्चालन र बन्द गर्नेसम्मका अधिकार स्थानीय तहलाई दिएकाले उनीहरूले नै व्यवस्थापन गर्नुपर्ने उनले बताए । ०७५ देखि स्थानीय तहबाटै शुल्क निर्धारणको अभ्यास भएको र अहिले कस्तो शुल्क लिन पाउने, कस्तो लिन नपाउने भन्ने विद्यालयले अभिभावकसँग छलफल गरी व्यवस्थापन समितिमार्फत पालिकामा पुगेर निर्णय गर्नुपर्ने शर्माले बताए । स्वीकृति पाएभन्दा बढी शुल्क लिएमा कारबाही गर्ने अधिकारसमेत स्थानीय तहलाई छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नदिएको सेवाको शुल्क माग्न नहुने बताए । ‘निजी विद्यालयमा शुल्कका विषयमा कतै बुझाइमा समस्या छ र कतै विद्यालय आफैँले पनि समस्या निम्त्याएका छन् । यस वर्ष शुल्क बढाउनुहुँदैन । अहिले मासिक शिक्षण शुल्क मात्र लिने हो । विद्यालयले नदिएको सेवाको शुल्क माग्नु हुँदैन ।

तर, निजी विद्यालयमा पढाएपछि न्यूनतम शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘कक्षा सञ्चालन भएपछि विद्यालयका शिक्षक–कर्मचारीलाई तलब, स्थायी प्रकृतिका खर्च हुन्छन्, ती अभिभावकबाट लिएको शुल्कबाटै तिर्नुपर्छ ।

अहिले समस्या देखिनुमा शिक्षा मन्त्रालयको पनि भूमिका छ । पहिले शुल्क लिनुहुँदैन भन्यो, अहिले स्थानीय तहले निर्णय गरेर लिन पाउँछन् भनेको छ । सरकारी निकायबाट सही निर्णय नहुँदा उत्पन्न भ्रमका कारण अहिले विद्यालय र अभिभावकबीच विवाद देखिएको हो ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले केन्द्रीय सरकारले अनलाइन कक्षा शुल्क मापदण्ड नतोक्दा समस्या भएको बताए । नाम चलेका केही महँगा निजी स्कुलले मनलाग्दी गरेको उनको भनाइ छ ।

उनले भने, ‘केहीले मनलाग्दी गरेका छन्, केही निजीले शिक्षकलाई तलब खुवाउन पनि अभिभावकसँग शुल्क लिन सकेका छैनन् । केन्द्रीय सरकारले मापदण्ड बनाइदिएको भए सहज हुन्थ्यो ।’ शुल्कका विषयमा केही स्थानीय तहबाहेकले समन्वय नगरेको उनको भनाइ छ ।

मल्पीको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म

निजी विद्यालयको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुगेको छ । अभिभावकहरूले मल्पी सिटी स्कुलले चर्को शुल्क मागेको भन्दै सुरुमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उजुरी दिएका थिए । तर, त्यहाँबाट समस्या समाधान नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरे ।

तर, हल नभएपछि राष्ट्रपति कार्यालयमा उजुरी दर्ता गरेको अभिभावक महेश्वर खनालले बताए । अभिभावक खनालका अनुसार मल्पी सिटी स्कुलले यस वर्ष अघिल्लो वर्षभन्दा २० प्रतिशत शुल्क वृद्धि गरी ४० प्रतिशत छुट गरेको बताए । नक्सालको मल्पी सिटी स्कुलले चैत र वैशाखको ५२ हजार पाँच सय ५० रुपैयाँ शुल्क असुलेको छ ।

सरकारले गत चैत र वैशाखको शुल्क नलिन निर्देशन दिएको थियो । अभिभावकहरूले भौतिक रूपमा उपस्थित भएर पढाइ नभएकाले आफूहरूको सहभागितामा अनलाइन कक्षाको शुल्क निर्धारण हुनुपर्ने माग गर्दै आएका छन् ।

अभिभावकहरूसँगको भेटमा स्कुल प्रिन्सिपलले सरकारको निर्णय नमान्ने र विद्यालयको लागत अभिभावकले तिर्नुपर्ने बताएको खनालले गुनासो गरे । उनले भने, ‘अभिभावकले अनलाइन कक्षाको शुल्क तिर्छौँ भनेका छन्, अभिभावकको बाध्यतालाई लिएर भावनामा खेलबाड गर्न मिल्दैन ।’ विद्यालय सञ्चालकले मनलाग्दी गरेकाले अभिभावकहरूले संघर्ष गर्नुपरेको उनको भनाइ छ ।

कात्तिक २ गते, २०७७ - ०९:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top