Khabar Dabali Logo
  October 29, Thu

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैया समेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

आजको राजधानी दैनिकमा खबर छ – अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो । गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शøया दिन आनाकानी गर्दै आएका छन् । उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा छन् । शनिबार देशभर २५ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रदेश १ मा ४ हजार १ सय २५, प्रदेश २ मा ७ सय ६५, बाग्मती प्रदेशमा १५ हजार ९ सय ९८, गण्डकी प्रदेशमा ९ सय ३०, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८२, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा ६ सय २१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

यस्तै, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २ सय ९९ छ । प्रदेशअनुसार प्रदेश १ मा ४ हजार १ सय २९, प्रदेश २ मा ६ सय ६४, बाग्मती प्रदेशमा ८ हजार १ सय ९२, गण्डकी प्रदेशमा ७ सय ८१, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ४९, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ३ सय ८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं बानेश्वर बस्दै आएका रुकुम मुसिकोटका ३८ वर्षीय युवकलाई एक्कासि उच्च ज्वरो आयो । आफन्तका अनुसार उनलाई एकदमै कमजोर महसुस भयो । उनलाई गत २७ असोजमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो ।

उनी आफन्तसहित वीर अस्पताल पुगे । तर, अस्पतालले बेड नभएको प्रतिक्रिया दिएपछि कोठामै बस्न बाध्य भए । उनका आफन्तले भने, ‘के गर्नु अस्पतालले भर्ना गर्दैन ? अब डाक्टरलाई देखाएर कोठामै हेरचाह गर्नुपर्ला ।’

कति छन् आईसीयू र भेन्टिलेटरमा ?

आईसीयू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेशअनुसार आईसीयूमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा नौ जना संक्रमित छन् ।

प्रदेश १ मा नौ, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही सातायता ह्वात्तै बढेको छ । शनिबार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय चार पुगेको छ ।

देशभर संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर ७ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

कात्तिक २ गते, २०७७ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top