Khabar Dabali Logo
  October 29, Thu

दशैंमा पनि उपत्यका छाड्ने यात्रुमा कमी, खुलाइएन टिकट बुकिङ

काठमाडौं । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे। बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए ।

ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए । लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आएका थिए ।

त्यसयता दैनिक १७ हजारदेखि २२ हजारसम्म यात्रु उपत्यका भित्रिने र बाहिरिने गरेको प्रवक्ता यादवको भनाइ छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनपूर्व धेरैले उपत्यका छाडेका थिए ।

अघिल्लो वर्ष सार्वजनिक यातायात र निजी सवारी साधनबाट २० लाखभन्दा धेरै दसैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए । यस वर्ष ३ लाखदेखि ४ लाखसम्म यात्रु मात्र बाहिरिने ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको अनुमान छ ।

खुलाइएन टिकट बुकिङ
यातायात व्यवसायीले यस वर्ष दसैंका लागि टिकट बुकिङ खुला गरेका छैनन् । अघिल्ला वर्षका तुलनामा यस पटक यात्रुको चाप कम भएकाले टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको महासचिव सिटौलाले बताए ।

सरकारले २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीसमक्ष प्रस्ताव गरेको थियो। तर, ५० प्रतिशतभन्दा कम गाडी सञ्चालनमा ल्याउँदा पनि यात्रुको अभाव देखिएको छ ।

सञ्चालनमा रहेका गाडीले पनि पूर्ण क्षमतामा यात्रु पाउन मुस्किल रहेको व्यवसायीको दाबी छ । मुलुकभर करिब साढे ३ लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । ‘धेरै गाडी निक्लिएका छैनन् । यात्रु पर्याप्त छैनन्’, सिटौलाले भने, ‘यात्रुको चाप बढे गाडी बढाउन सकिन्छ। ’

भाडादर पुरानै

सार्वजनिक यातायातले पूर्ण क्षमतामै यात्रु बोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्को असोज २६ गते बसेको बैठकले पुरानै भाडा दरमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको हो। भदौ २९ गतेको मन्त्रिपरिषद्ले आधा सिट क्षमताका सवारी चलाउनुपर्ने र ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णय समयमै सम्बन्धित निकायमा जानकारी नगराउँदा यात्रु महँगो भाडा तिर्न बाध्य भइरहेको यातायात अभियन्ता प्रेमबहादुर थापाले बताए । ‘सरकारले भाडा घटाएको भन्ने सुनिएको छ’, उनले भने, ‘तर, यात्रुसँग पुरानै भाडा असुल भइरहेको छ ।’

महासंघका महासचिव सिटौलाले सरकार र सरकारी निकायबीच समन्वय नहुँदा यात्रु मारमा परेको बताए । ‘पूर्ण क्षमतामा यात्रु राख्दा ट्राफिक प्रहरीले कारबाही गर्छ’, सिटौलाले भने, ‘आधा सिट क्षमतामा पुरानो भाडा दरमा सञ्चालन खर्च नै उठ्दैन ।’

भाडा र सिट क्षमताको विषयको मन्त्रिपरिषद्को निर्णय शनिबार १ बजे मात्र ट्राफिक प्रहरीले प्राप्त गरेको प्रवक्ता यादवले सुनाए । अबदेखि पूर्ण सिट क्षमतामा यात्रु बोक्ने सवारी साधन प्रहरीको कारबाहीमा पर्ने छैनन् ।

१० स्थानमा यात्रु सहायता कक्ष

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको सहकार्यमा उपत्यकाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सहायता कक्ष कलंकी, कोटेश्वर, गोंगबु, कोटेश्वर, बल्खु, गौशलालगायत स्थानमा छन् । सहायता कक्षमा लामो तथा मध्यम दूरीको भाडा विवरण राखिएको हुन्छ । थापाले गाडीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको बताए ।

कात्तिक २ गते, २०७७ - ०७:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top