Khabar Dabali Logo
  October 26, Mon

कृषि विश्वविद्यालयको रजिष्ट्रार पदका लागि ११ जनाको आवेदन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ ।

रजिष्ट्रारका लागि प्रा डा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी, प्रा डा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल, प्राडा बलरामकुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेशकुमार सिंह, प्राडा मोहन शर्मा, प्राडा शारदा थपलिया र प्रा श्यामशङ्कर झाको आवेदन परेको उहाँले जानकारी दिए ।

कृषि सङ्कायका डिनका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा अरविन्द श्रीवास्तव, प्रा डा कल्याणी मिश्र त्रिपाठी, प्रा जयप्रकाश दत्त, प्रा विष्णुराज ओझा, डा शिवचन्द्र ढकाल र डा सन्तोष मरहट्ठाको आवेदन परेको छ । पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्राडा पुष्करबहादुर पाल, प्राडा भूमिनन्द देवकोटा, डा मनोजकुमार शाह, प्रा मातृकाप्रसाद जमरकट्टेल, प्रा मुकेशकुमार सिंह, प्रा डा सुनिला राई, डा सुवीर सिंह र प्रा डा होमबहादुर बस्नेतको आवेदन परेको छ ।

उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिए । समितिले पाँच दिनभित्र आवेदकमध्येबाट तीन जनालाई छनोट गर्ने छ । उनीहरुमध्येबाट एक जनालाई रिक्त रजिष्ट्रारमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए ।

डिनको नियुक्ति भने कार्यकारी परिषद्बाट हुनेछ । सबै काम यथाशीघ्र सम्पन्न गरी आगामी मङ्सिर १५ भित्र विश्वविद्यालय सभा ९सिनेट० बस्ने तयारी गरिएको उनले जानकारी दिए । सिनेटमा विश्वविद्यालयका सदस्यसचिव एवं रजिष्ट्रारले वार्षिक बजेट पेश गर्नुपर्ने हुन्छ ।

गत वर्षको भदौदेखि विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेको थियो । सरकारले गत असोज ९ गते प्रा डा रेग्मीलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो । गत माघ १२ देखि रजिष्ट्रार र गत जेठ १ देखि दुई सङ्कायका डिन रिक्त छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पनि रिक्त छ । गएको एक वर्षभन्दा बढी समय निमित्तको भरमा विश्वविद्यालय चल्दा विश्वविद्यालय अस्तव्यस्त अवस्थामा पुगेको छ । सरकारले २०६७ असारमा कृषिको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विश्वविद्यालय स्थापना गरेको हो ।

कात्तिक १ गते, २०७७ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top