Khabar Dabali Logo
  October 24, Sat

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा शनिबार कोरोना भाइरस सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ ।

अझै पनि भारतभरी ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल ९आइसीएमआर० ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।सिन्ह्वा

कात्तिक १ गते, २०७७ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सुरक्षा भत्ता लिएर घरघर पुगे वडाध्यक्ष

झापा । दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै...   

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा चाडपर्व मनाउन आग्रह

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा...   

राष्ट्रपतिबाट यस बर्ष सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा...   

संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा...   

काठमाडौं उपत्यकामा २ हजार ७२० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो, सक्रिय संक्रमितको ४६ हजार ६९१

काठमाडौँ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य...   

शुक्रबार ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण, २ हजार ६ सय ६८ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   
भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भत्तपुर । यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको। फूलपातीको...   

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ विरुद्ध फेरि अर्को मुद्दा

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने...   

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top