Khabar Dabali Logo
  October 22, Thu

काठमाडौँ महानगरले दियो ‘मेयर्स रिसर्च फेलोसिप’

काठमाडौं । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ ।

कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न अनुसन्धान कर्तालाई सुझाव दिएका छन् । अनुसन्धानका लागि कामपाले प्रत्येक विधामा एक लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

अनुसन्धानको पहिलो चरणमा कामपाभित्र रहेका विद्यालयमा गैरसङ्क्रामक रोगसम्बन्धी जोखिम र स्वास्थ्य जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव रहेको छ । त्यसैगरी काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार म्यापिङसम्बन्धी अध्ययन, उपत्यका भित्रको वायु गुणस्तर रहेको छ ।

वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको छ ।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको वायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपणसम्बन्धी अध्ययन छ ।

कामपाको ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानून, नीति र प्रमाणसम्बन्धी अध्ययन, क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी अध्ययन पनि छनोट भएका छन् । त्यस्तै काठमाडौँ विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ ।

उल्लेखीत १० विधामा अनुसन्धानका लागि क्रमश प्रतीक खनाल, कृति प्रधान, सुरज गौतम, राजीव पोखरेल, सम्राट बस्याल, नवीनराज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रवीन्द्र के सुवाल र गोपी कृष्ण ढुङ्गाना रहेका छन् ।

कात्तिक १ गते, २०७७ - १०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top