Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सात महिनापछि विदेशी पर्यटकका लागि खुल्यो नेपाल

काठमाडौं। कोरोना जोखिमका कारण ७ महिना बन्द रहेको विदेशी पर्यटक आगमन १ कात्तिकदेखि खुला हुने भएको छ । कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिरहेको भए पनि सरकारले शनिबारदेखि विदेशी पर्यटक आगमन खुला गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया बाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।

तर, नेपाल आउने विदेशी पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ । तर, व्यवसायीले भने बढीमा तीन दिन मात्रै राखेर परीक्षण गराएर घुम्न पठाउन माग गर्दै आएका छन् ।

विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश मात्रै दिन खोजिएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।

‘खोल्ने बित्तिकै पर्यटकहरू आइहाल्ने भन्दा पनि नेपालमा वर्षमा एकपटक आउनेहरू जसले पहिले नै प्याकेज किनेर राखेका छन्, ती पर्यटक आउन सक्छन्,’ शाहले भने । आएका पर्यटकलाई संक्रमण भएर आएसियूमा पठाउन बेड पाइएन भने नेपालको पर्यटन क्षेत्रमा झन् असर गर्न सक्ने भएकाले सबैले सचेत हुनुपर्ने शाहको भनाइ छ । अहिले विदेशबाटै पूरा प्याकेज लिनेहरू मात्रै आउन पाउँछन् । खास गरी पदयात्रा र आरोहणका प्याकेज लिएकाहरूलाई नेपाल सरकारले केन्द्रित गरेको छ ।

७२ घन्टाको पिसिआर रिपोर्ट लिनेले घुम्न पाउने गरी सिसिएमसीले निर्णय गरे तापनि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृति दिएको छैन । ‘नेपाल पर्यटन बोर्डले क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको छ, पिसिआर रिपोर्ट हेरेपछि घुम्न पठाउने हो भने सहज हुन्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ ।

यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।

ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी क्वारेन्टाइनको अवधि घटाउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पिसिआर गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिन्छन् ।

पदयात्रा र पर्वतारोहण नै पहिलो प्राथमिकतामा

सरकारले कोभिड–१९ का कारण सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणको प्रवर्धनलाई प्राथमिकता दिने भएको छ । अब विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवर्ण अवसर हुन सक्ने सिइओ रेग्मी बताउँछन् ।

सहरबाट गाउँमा पर्यटन पुर्‍याउने कोभिड–१९ नेपालको अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवर्धनमा लाग्ने सिइओ रेग्मीले बताए । ‘हिमाली र पहाडी क्षेत्र नेपालको मुख्य गन्तव्य हुन सक्छ, अब एकल पर्यटनको विकासमा लाग्नुपर्छ,’ रेग्मीले भने, ‘सुरक्षालाई केन्द्रमा राखेर अब भारत र चीनलाई प्याकेज सुरु गर्नुपर्छ, सोहीअनुसार लाग्नेछौं ।’

पाँचतारे होटेल पनि खुल्दै

असोजदेखि साना होटेल खुले पनि पाँचतारे भने खुल्न सकेका थिएनन् । कात्तिकबाट विदेशी पर्यटकलाई आउन दिने निर्णय भएपछि ठूला पाँचतारे होटेल पनि खुलाउने तयारीमा जुटेका छन् । चारतारेसम्मका होटेल भने यसअघिदेखि नै आंशिक खुला भइसकेका छन् ।

म्यारियट, अलफ्ट र सोल्टी होटेल लकडाउनकै बीचमा पनि सञ्चालनमै रहेका छन् । बौद्धमा रहेको होटेल हायात, दरबारमार्गमा रहेको याक एन्ड यती, लाजिम्पाटमा रहेको र्‍याडिसन र झापामा नवनिर्मित मेची क्राउन आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

कोभिडपछि पहिलो आरोहण
बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल आरोहण गरेका छन् । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको थियो । यो कोभिड–१९ पछिको पहिलो आरोहण हो ।

पर्यटन विभागका अनुसार बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीनजना शेर्पा मनास्लुको चुचुरोमा पुगेका थिए । मनास्लु हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १ सय ५६ मिटर छ ।

राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए । १५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies