Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लिमीका बासिन्दालाई सहुलियत मूल्यमै चामल

नागरिकलाई सहुलियत मूल्यमै चामल बिक्री गर्न गाउँपालिकाले तीन सय क्विन्टलको साढे तीन लाख तिर्‍यो भाडा

हुम्ला । चीनले सात महिनादेखि नाका नखोल्दा खाद्यसंकट भोगिरहेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाले सहुलियत मूल्यमै गाउँमा चामल पाउने भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गाउँपालिकाले ढुवानी भाडा तिरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले बिक्री गरेकै मूल्यमा लिमीवासीले चामल खरिद गर्न पाउने भएका हुन् ।

सीमानाका बन्द हुँदा तिब्बतसँग जोडिएको लिमी उपत्यकाका तीन गाउँ तिल, जाङ र हल्जीमा खाद्य संकट भएको थियो । खाद्यान्न माग गर्दै जनप्रतिनिधिसहित स्थानीय बासिन्दा चार दिन लगाएर सिमकोट आएका थिए ।

यससम्बन्धी नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निर्देशन दिएको थियो । जसअनुसार कम्पनीको सिमकोट शाखाले लिमीका लागि तीन सय क्विन्टल चामल उपलब्ध गराएको थियो ।

खाद्य कम्पनीले सिमकोटमा प्रतिक्विन्टल एक हजार नौ सय ५० रुपैयाँका दरले चामल उपलब्ध गराएको थियो । त्यसपछि गाउँपालिकाले सदरमुकाम सिमकोटबाट सय किलोमिटर उत्तरमा रहेको नाम्खा गाउँपालिका– ६ हल्जीसम्म ढुवानी गराएको थियो । सदरमुकामबाट तीन लाख ५५ हजार भाडा तिरेर तीन सय क्विन्टल चामल ढुवानी गरिएको नाम्खा– ६ का वडासदस्य कोजुक आवेजंग तामाङले बताए ।

ढुवानी महँगो परे पनि संकटका वेला स्थानीय बासिन्दाका लागि चामल पुर्‍याउँदा खुसी लागेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘तिब्बतको हिल्साबाट ल्याउँदा सस्तो पथ्र्यो, सिमकोटबाट ढुवानी गर्दा महँगो पर्‍यो,’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा भोकमरी हुनुभन्दा त महँगो पनि ठीक छ भन्ने सोचेर ढुवानी गर्‍यौँ ।’ अब सिमकोटमा खाद्य कम्पनीबाट खरिद गरेकै मूल्यमा लिमीवासीलाई बिक्री गरिने उनले बताए । सबै नागरिकलाई पुग्ने गरी बिक्री गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

स्थानीय उत्पादनले लिमीका बासिन्दालाई तीन महिना मात्रै खान पुग्छ । उनीहरूले तिब्बतको हिल्साबाट दैनिक उपभोग्य सामान आपूर्ति गर्दै आएका थिए । यसपटक कोरोनाका कारण सात महिनादेखि उत्तरी नाका बन्द छ । जसले गर्दा लिमीमा खाद्यान्न अभाव भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies