Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो ।

त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उनले बताए । यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी गराए ।

यसैगरी महानगरपालिकामा सङ्क्रमित सङ्ख्या तीन हजार ४२८ पुगेको छ । तीमध्ये कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार ७३१, सक्रिय सङ्क्रमित एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताए। “यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छौं”, गुरुङले भने ।

गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३८२ पुगेको छ । ती मध्ये निको भई घर फर्कनेको सङ्ख्या २१५ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६१६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, सङ्क्रमित ३५७ र मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।

अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो । वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए ।

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको सङ्ख्या नौ र सक्रिय सङ्क्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies