Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताको जीवनस्तर उकास्न प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोस्रो चरणको ‘अनलाइन तालीम’ को आज शुभारम्भ गर्दै उनले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक छ भन्दै शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गरे , उनले सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिँदै पछिल्लो समय शिक्षा सही दिशामा नगएको भन्ने चिन्ता देखिएकाले यसलाई सही मार्गमा डोर्याउन आग्रह गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका सबै विद्यालय चाँडै प्रविधिमैत्री हुने बताए । उनले आगामी १० वर्षभित्रमा विद्यार्थीलाई किताब र झोलामुक्त बनाउने सरकारको अभियान भए पनि आगामी चार वर्षभित्र सबै विद्यालय प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरे । मन्त्री घिमिरेले प्रदेश सरकारको लगानीमा एक हजार ३०० भन्दा बढी विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिसकिएको जानकारी दिँदै प्रत्येक स्थानीय तहका १०० शिक्षक प्रविधिमैत्री बनाइ अन्य शिक्षकलाई पनि सिकाउने छन् भने ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालीमपछि विद्यालयको पठनपाठनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालय सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिदै शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालीम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ स्थानीय तहका ६०० शिक्षक सहभागी छन् । दोस्रो चरणको तालीम आजदेखि शुरु भएको हो । दोस्रो चरणका तालीममा १० वटा स्थानीय तहका एक हजार शिक्षक सहभागी भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies