Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोना सङ्क्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल

लुम्बिनी । मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताउनुभएको छ । उहाँले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्नुहुँदै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह भएको छ भने ।

मुख्यमन्त्री पोखरेलले ६५ औँं प्रहरी दिवसको अवसरमा आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलमा आयोजित कार्यक्रममा प्रदेशमा कोभिड–१९ विरुद्धको लडाइमा क्वारेन्टिनको व्यवस्थापनमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सीमा नाकाबाट नागरिकलाई व्यवस्थित रुपले स्वदेश भित्र्याएर क्वारेन्टिनमा पु¥याउने, आइसोलेशनमा पु¥याउने सम्मका जनताको सेवामा लाग्दा प्रहरी सङ्गठनका अधिकृत र जवानहरु सङ्क्रमित हुने दुःखद अवस्थासमेत व्यहोर्नु परेको समेत स्मरण गरे ।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को सङ्क्रमण अहिले घनाआवादी भएका क्षेत्रमा फैलने क्रम बढ्दै गएको बताउँदै यसका विरुद्ध लडनेक्रम अझै जारी रहेको बताए । उनले कोभिड –१९ को असरलाई न्यूनीकरण गर्ने कार्यमा राष्ट्रियस्तरमा भन्दा प्रदेशमा महत्वपूर्ण कार्य गरिएको र त्यो धेरै हदसम्म सफल भएको बताए । “कोभिड– १९ विरुद्धको लडाइँ अझै नसकिएको र आगामी दिनमा अझै सक्रियतापूर्वक चुनौतीलाई सामना गर्नुपर्ने छ”, उनले भने,“यसमा प्रहरी सङ्गठनका तर्फबाट महत्वपूर्ण भूमिका हुने छ ।”

मुख्यमन्त्री पोखरेलले मुलुक सङ्घीयताको कार्र्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउँदै लुम्बिनी प्रदेश प्रहरी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी समेत दिए । उनले प्रदेश सरकारले निर्माण गर्ने कानून हाम्रा सङ्गठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, कसरी अनुशासित र मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताउँदै ऐन कानून भनेको जनतालाई सेवा प्रवाह गर्ने माध्यमका रुपमा रहनुपर्ने सरकारको मान्यता रहेको स्पष्ट पारे।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९ विरुद्धको लडाइँलाई जनजीवन र आर्थिक क्रियाकलापसँग जोडेर सँगसँगै लैजानुपर्ने मान्यतालाई अङ्गिकार गरिएको बताए। उनले प्रदेशमा पछिल्लो समय कोरोना परीक्षण गर्ने सामथ्र्य विकसित गरिएको, कोरोनो विशेष अस्पताल, एक सय भन्दा बढी आइसोलेशनको व्यवस्था गरेर उपचारको आफ्नै प्रणाली विकास गरिएको अवस्था रहेको बताउँदै भने,“लकडाउन जस्तो जटिल प्रकारको कार्य गरिरहनु पर्दैन भन्ने मान्यता प्रदेश सरकारले बनाएको छ र जहाँ समस्या पर्छ त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने पक्षमा रहेका छौ ।” उनले स्वास्थ्य सुरक्षामापदण्ड नागरिकले पालना नगरेको अवस्थामा जटिल अवस्था आउनसक्छ भन्नेमा सबै पक्षको ध्यान जानु जरुरी रहेको बताउँदै भने“अब त हाम्रो जिम्मेवारी स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा केन्द्रीत हुनुपर्ने र यसमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहनेछ ।”

उहाँले प्रदेशमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औल्याउँदै प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझै चुस्त, दुरुस्त बनाउनुपर्ने, नागरिकलाई सडक सुरक्षाका बारेमा सचेतना प्रदान गर्नुपर्ने आवश्यकता औल्याए । मुख्यमन्त्री पोखरेलल प्रदेशमा लागुऔषध ओसारपसारको नियन्त्रणका लागि जुन प्रकारको भूमिका निर्वाह गरिँदै आएको छ त्यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

प्राकृतिक विपत विरुद्धको लडाइँ समाजको कर्तव्यका रुपमा रहेको र उक्त काम समयमै पूरा गरिँदै आएको बताउँदै यस कार्यका लागि आगामी दिनमा क्षमतालाई व्यवस्थित गरिँदै लैजाने र चुस्तदुरुस्त बनाइने बताए । उनले प्रदेश सरकार प्राकृतिक विपद् विरुद्धको लडाइँ व्यवस्थित र सङ्गठित रुपमा अगाडि बढाइरहेको उल्लेख गरे ।

कार्यक्रममा कर्तव्यपालका क्रममा विभिन्न समयमा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई नगद तथा सम्मानपत्रले सम्मानित गरिएको थियो । यस्तै सङ्गठनमा रहेर जिम्मेवारीमा उत्कृष्ट काम गरेका प्रहरीका विभिन्न तहका अधिकृत तथा जवानलाई मुख्यमन्त्री पोखरेलले सम्मान गरे। त्यस अवसरमा प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रवीन्द्रबहादुर धानुकले प्रदेशमा नेपाल प्रहरीका हरेक जिम्मेवारीमा रहेका कर्मचारीलाई कतव्र्यनिष्ठताका साथ लाग्न निर्देशन दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies