Khabar Dabali Logo
  October 22, Thu

सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्यामा बृद्दि

लमजुङ । जिल्लाका तीन हजारभन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखी २०७६/२०७७सम्म तीन हजार ४५६ जनाले सो सेवा लिएका हुन् ।

यीमध्ये सामान्य प्रसूति सेवा २ हजार ७४७, शल्यक्रिया गर्नुपर्ने ४६१ र जटिल किसिमको प्रसूति सेवा २४८ जनाले लिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालबाट आर्थिक वर्ष २०७६/२०७७ मा एक हजार १२३ जनाले प्रसूति सेवा लिएकामा यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ जनाले जटिल किसिमको प्रसूति सेवा लिएका थिए । आर्थिक वर्ष २०७५/२०७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेकामा ८२९सामान्य, १२४ शल्यक्रिया र ५८ जनाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा एक हजार ३२२ जनाले प्रसूति सेवा लिएकामा एकहजार ५२ सामान्य, १६९शल्यक्रिया र १०१ जनाले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूतिसेवा प्रवाह गर्दै आएको छ ।

प्रसूति गृहमा १५ शैया छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवाका साथै दक्ष चिकित्सकद्धारा भरपर्दो र सुरक्षित प्रसूति सेवा प्रवाह भइरहेको अस्पतालका प्रमुख श्रेष्ठको जिकिर थियो । यस अस्पतालमा ग्रामिण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ ।

अशोज ३० गते, २०७७ - १२:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top