Khabar Dabali Logo
  October 23, Fri

कर्णालीमा सत्ता संघर्ष : प्रदेशको पार्टी नेतृत्वसँग प्रचण्ड–नेपालको छलफल

‘माथिदेखि तलसम्म सरकार पुनर्गठनको निर्णय कार्यान्वयन’

काठमाडौं । कर्णाली प्रदेशमा पार्टीभित्र उत्पन्न विवादमा गठबन्धन बनाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेशका आफू निकट नेताहरूसँग परामर्श गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका निकट नेतालाई खुमलटार बोलाएर प्रचण्ड र नेपालले संयुक्त रूपमा छलफल गरेका हुन् । प्रचण्ड र नेपालले बोलाएको छलफलमा ओलीनिकट नेताहरू भने सहभागी थिएनन् ।

छलफलमा प्रदेशका नेताहरूले मुख्यमन्त्रीमा कार्यशैलीगत समस्या रहे पनि विधि र पद्धति मिचेर अविश्वासको प्रस्ताव अगाडि बढाउँदा संकट उत्पन्न भएको बताएका छन् । उनीहरूले केन्द्रमा हुने सहमतिअनुसार प्रदेशको राजनीति अगाडि बढ्ने भएकाले संकट समाधानमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने पनि बताएका छन् । प्रचण्ड र नेपालले आफूनिकट अगुवा नेताहरूबाट प्रदेशमा उत्पन्न पछिल्लो समस्याबारे बिहीबार ‘ब्रिफिङ’ लिएका हुन् ।

छलफलमा प्रचण्डले केन्द्र र प्रदेश सरकारहरू पुनर्गठन गर्ने पार्टी स्थायी कमिटीको नीतिगत निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुने बताएका छन् ‘कर्णाली प्रदेशमा उत्पन्न समस्याबारे मैले प्रधानमन्त्रीसँग छलफल गरेको छु, तपाईंहरूसँग एकल र संयुक्त रूपमा छुट्टाछुट्टै भेटेर समस्या र समाधानका उपायबारे सुझाब लिइनेछ, प्रधानमन्त्रीले पनि तपाईंहरूलाई यसैगरी भेटेर ब्रिफिङ र सुझाब लिनुहुनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्माले भने, ‘पार्टी स्थायी कमिटीले माथिदेखि तलसम्म सरकार पुनर्गठनबारे गरेको नीतिगत निर्णय कार्यान्वयन हुन्छ । सबैलाई मान्य हुने गरी मिलाएर प्रभावकारी ढंगले कार्यान्वयन गर्छौँ ।’

प्रचण्डले समस्या समाधानबारे यथार्थ कुरा पत्ता लगाएर पार्टीलाई एकताबद्ध बनाउने गरी सकारात्मक निष्कर्ष निकाल्ने प्रयासका लागि पार्टी र सरकारको नेतृत्वलाई काठमाडौं बोलाइएकाले निकासका लागि प्रचण्डले सहयोग गर्न आग्रह गरेको समेत जानकारी दिए ।

छलफलमा शर्मासहित मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद चन्द्रबहादुर शाहीलगायतका सांसद सहभागी थिए । शाही र शर्मा प्रचण्डनिकट हुन् भने ज्वाला र चन्द्रबहादुर शाही नेपालनिकट हुन् ।

पार्टीका बहुमत सांसदले हटाउनका लागि अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका नेपालनिकट सातजना सांसदले सम्झौतापछि गत मंगलबार फिर्ता लिएका छन् ।

मुख्यमन्त्री शाही र नेपालनिकट प्रदेशका नेताहरूबीच नयाँ समीकरण बनेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले पार्टी र सरकारको प्रदेश नेतृत्वलाई विवाद यथास्थानमा राखेर बिहीबारभित्र केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका लागि उपस्थित हुन निर्देशन दिएका थिए ।

त्यस्तो निर्देशनअनुसार नेतृत्वपंक्ति उपस्थित भइसके पनि प्रधानमन्त्री ओली नवनियुक्त मन्त्रीहरूको शपथग्रहण, महासचिव विष्णु पौडेल शपथग्रहण र पदबहाली तथा मन्त्रिपरिषद् बैठकमा व्यस्त बनेपछि शुक्रबार मात्रै संयुक्त छलफल हुने भएको छ । यद्यपि, अझै आफूहरूलाई शुक्रबारको संयुक्त छलफलको समय जानकारी नगराइएको प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।

‘नेतृत्वको निर्देशनअनुसार हामी सबै आइपुगेका छौँ, तर बिहीबार दुवै अध्यक्षको व्यस्तताका कारण संयुक्त छलफल सम्भव भएन, तर शुक्रबार संयुक्त छलफल गर्ने भनिए पनि कतिवेला भन्ने जानकारी गराइएको छैन,’ बोगटीले भने ।

बोगटीले मुख्यमन्त्री शाही र सांसद यामलाल कँडेल समूहमा रहेका सांसदहरू आ–आफ्नै अडानमा रहेकाले पार्टी एकतामा समस्या उत्पन्न नहुने गरी पार्टी नेतृत्वसहितको संयुक्त छलफलबाट समाधानको निकास खोजिने बताए । ‘सकभर समाधानकै प्रयास गरिरहेका छौँ । संयुक्त छलफलबाटै केही न केही निकास आउँछ भन्ने विश्वास छ,’ बोगटीले भने ।

अशोज ३० गते, २०७७ - ०८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य सुरक्षाका लागि बसभित्र मौन बसौं

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य...   

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले...   

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले...   
दुई प्रहरीको हत्याले आशंका

दुई प्रहरीको हत्याले आशंका

धनगढी। कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले...   

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने: बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । आजको अन्नपूर्ण...   

बडादसैंको आज छैटौं दिनमा कात्यायनी देवीको पूजा गरिँदै

काठमाडाैँ । हिन्दुहरूकाे महान चाड बडादसैंकाे आज छैटौं दिन कात्यायनी भगवतीको पूजा तथा अर्चना गरी मनाइदैँ...   

रेडपाण्डाको छालासहित चार पक्राउ

दैलेख । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२...   

सेयर लगानीकर्ताको ‘बायोमेट्रिक’ विवरण नराखिने

प्रणाली विकासमा निजी क्षेत्र प्रवेश गराउनबाट पनि पछि हट्यो बोर्ड काठमाडौं । सेयर लगानीकर्ताको दशवटै...   

कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुख नरवणे १८ कात्तिकमा आउँदै

काठमाडौं । नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको...   
कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

कुख्यात वन्यजन्तु तस्कर निटुपविरुद्ध रेड नोटिस

काठमाडौं । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top