Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खेलाँची होइन कोरोना : एकै परिवारका तीनको मृत्यु, तीन आइसियूमा, चार आइसोलेसनमा

तनहुँ । तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस भए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - परिवारजनले उनलाई तत्कालै चितवन मेडिकल कलेज लगे । आइसियूमा राखेर उपचारपछि उनी घर फर्किए, तर फर्कदा कोरोना पनि घर भित्रियो ।

धर्मकुमार अस्पतालमा भएको वेला परिवारका सदस्य पनि उनलाई भेट्न गएका थिए । उनीहरूमा पनि एक–एक गरेर संक्रमण देखियो । ‘अस्पताल जाँदा कोरोना सरेछ । एक–दुई गर्दागर्दै परिवारका १० जनालाई संक्रमण भयो,’ नाति सुमन श्रेष्ठ भन्छन् ।

‘कोरोना लागेमा आत्तिनुपर्दैन, घरमै आइसोलेसन बसे पनि सुरक्षित भइन्छ, बेहोस हुने जस्तो भए मात्र अस्पताल जानुहोला,’ सरकारको निर्देशन छ । श्रेष्ठ परिवारले पनि घरमै बसे सुरक्षित होइने भन्ने ठान्यो । ‘तर, सरकारमा बसेका ठूलाबडाको गैरजिम्मेवार कदमका कारण हामीले ठूलो मूल्य चुकाउनु पर्‍यो, एक सातामा तीन जनाको निधन भएको छ, सात जना गम्भीर अवस्थामा हुनुहुन्छ,’ सुमन भन्छन् ।

धर्मकुमार घर फर्किनुअघि उनका छोराहरूलाई कोरोना संक्रमण भइसकेको थियो । उनीहरू बाबुलाई भेट्न अस्पताल जाने–आउने गरेका थिए । सुरुमा उनीहरू होम आइसोलेसनमा बस्ने कोशिस गरेका थिए ।

७१ वर्षीय छोरा विष्णुकुमारलाई संक्रमण देखियो । ‘सुरुमा होम आइसोलेसनमा बस्नुभयो, गम्भीर हुँदै गएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । १९ असोजमा उहाँको ज्यान गयो,’ ज्वाइँ शंकरनारायण श्रेष्ठ भन्छन् ।

भाइ विष्णुकुमार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा रहेको वेला ७४ वर्षीय दाजु कृष्णकुमारलाई काठमाडौंको बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो । भाइको निधन भएको पाँच दिनपछि २४ असोजमा दाजुको निधन भयो ।

छोराहरू अस्पतालमा भएकै वेला धर्मकुमारलाई कोरोना देखिएको थियो । उनी पनि सिकिस्त हँुदै गए । उपचारका लागि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । छोरा कृष्णकुमारको निधन भएको अर्को दिन अर्थात् २५ असोजमा उनको पनि निधन भएको छ ।

कोरोनाले एकै परिवारका तीन जनाको ज्यान गएपछि धर्मकुमारको परिवार मात्रै होइन, भिमाद नै शोकमा डुबेको छ । गाउँ नै पिरोलिएको छ । यो परिवारका सात जना अहिले पनि कोरोनासँग लडिरहेका छन् ।

ज्वाइँ शंकरनारायणका अनुसार धर्मकुमारकी पत्नी ९८ वर्षीया विश्वशान्ति काठमाडौंस्थित टेकु अस्पतालको आइसियूमा छिन् । ‘उहाँलाई संक्रमण देखिएपछि ललितपुरको कुपन्डोलस्थित सर्वांग नर्सिङ होममा भर्ना गरिएको थियो । दुई दिन त्यहाँ राखेपछि आइसियू आवश्यक भयो । त्यसैले ह्याम्स लगिएको थियो, ह्याम्समा आइसियू नभएपछि टेकु अस्पताल लगिएको छ,’ उनले भने ।

त्यस्तै, धर्मकुमारका जेठा छोरा रामकुमारलाई पनि काठमाडौंस्थित ह्याम्स अस्पतालको आइसियूमा राखिएको छोरा सुमनले बताए । ‘बुबालाई ह्याम्स अस्पतालको आइसियूमा राखेको एक साता भयो, अझै कति दिन अस्पताल राख्नुपर्ने हो थाहा छैन,’ सुमनले भने । रामकुमारकी बुहारी रजनी श्रेष्ठ पनि संक्रमित छिन् ।

कोरोना संक्रमण देखिएकी धर्मकुमारकी साइँली बुहारी पनि अस्पतालमै छिन् । उनको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यस्तै धर्मकुमारकी छोरी शुभद्रा र ज्वाइँ शिवकुमार श्रेष्ठ पनि संक्रमित छन् ।

सरकारको गैरजिम्मेवारीका कारण आफ्नो परिवारका तीनजनाले ज्यान गुमाउनुपरेको मृतक कृष्णकुमारकी छोरी सरिता श्रेष्ठ गुनासो गर्छिन् । ‘संक्रमण हुनेबित्तिकै अस्पताल जाउँ भनेर हामीले अनुरोध गरेका थियौँ, तर रुघोखोकी हो, केही पनि हुँदैन भनेर सरकारले भनिरहेको छ भनेर बुबा होम आइसोलेसनमा बस्नुभयो,’ उनले भनिन्, ‘बुबा पाँच दिनसम्म घरमै बस्नुभयो । त्यतिन्जेल उहाँको फोक्सोमा धेरै असर गरेको रहेछ ।’

अथाह मूल्य चुकाएको श्रेष्ठ परिवार कोरोना संक्रमणलाई सामान्य रूपमा लिन नहुने बताउँछ । ‘मानिसले कोरोनालाई सामान्य रूपमा लिएका छन् । यो सामान्य छैन,’ शंकरनारायण भन्छन्, ‘अरूको कुरा सुन्दा त सामान्यजस्तै लाग्छ । जब आफन्त गुमाइन्छ, त्यसपछि थाहा हुन्छ, यो कति खतरनाक छ ।’ संक्रमणलाई गम्भीरतापूर्वक लिएर उपचारको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

यो परिवारले तीनजना गुमाएको मात्र छैन, उपचारमा पैसा पनि धेरै खर्च गरिसकेको छ । ‘हजुरबुबाको उपचारमा मात्रै पाँच लाख खर्च भयो, सबैको उपचारमा १८ लाख लागिसकेको छ, अझै अस्पतालमा उपचार जारी छ,’ सुमन भन्छन्, ‘सरकारी अस्पतालमा बेड छैन, निजी अस्पतालले कति भन्छन् भन्ने ठेगान छैन । पैसा जुटाएर अस्पताल लग्दा त हामीले बचाउन सकेनौँ, केही नहुनेले कसरी उपचार गर्न सक्छन् ?’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies