Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतीय प्रधानमन्त्री मोदीसँग कति छ सम्पत्ति ?

काठमाडौं । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला भन्ने जिज्ञासा भारतीय नागरिक मात्रै होइन, अन्य देशका सर्वसाधारणमा पनि हुन सक्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ यसैक्रममा भारतका केही सञ्चारमाध्यमले मोदीले सार्वजनिक गरेको सम्पत्ति विवरणबारे बिहीबार प्राथमिकताका साथ समाचार बनाएका छन् ।

गत वर्षभन्दा यस वर्ष प्रधानमन्त्री मोदीको सम्पत्तिमा वृद्धि भएको छ । गत वर्ष ३० जुनमा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मोदीसँग दुई करोड ४९ लाख भारतीय रुपैयाँ थियो । यसपटक उनको कुल सम्पत्ति दुई करोड ८५ लाख भारतीय रुपैयाँ पुगेको छ । यस अर्थमा उनले एक वर्षमा ३६ लाख भारु जम्मा पारेछन् ।

बैंकको मुद्दती खाता (एफडी)मा राखेको रकमबाट मोदीले एक वर्षमा ३८ लाख भारु थप गरेको एजेन्सीहरूले जनाएका छन् ।

प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमणलगायत अन्य सिनियर मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरण बुझाएको भारतीय मिडियाहरूले जनाएका छन् । जुनियर मन्त्रीमा बाबुल सुप्रियोलगायतले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।

मोदीसँग ऋण छैन
७० वर्षीय प्रधानमन्त्री मोदीले अहिलेसम्म बैंकबाट ऋण लिएका छैनन् । मोदीसँग घरमा ३१ हजार चार सय ५० भारु रहेको विवरणमा उल्लेख छ । भारतीय एजेन्सीहरूका अनुसार ३१ मार्च ०१९ मा प्रधानमन्त्री मोदीले एउटा बैंकमा चार हजार एक सय १३ रुपैयाँ जम्मा गरेका थिए ।

गान्धी नगरस्थित एसबिआई बैंकको शाखामा उनले एक करोड ६० लाख २८ हजार ३९ भारु एफडीमा राखेका छन् । एक वर्षअघि यसै बैंकमा एक करोड २७ लाख ८१ हजार पाँच सय ४७ भारु थियो । मोदीले आठ लाख ४३ हजार एक सय २४ भारु नेसनल बचतमा राखेका छन् ।

मोदीले जीवनबिमा गरेका छन् । उनले प्रतिवर्ष बिमा कम्पनीलाई एक लाख ५० हजार नौ सय ५७ भारु बुझाउने गर्छन् । यो वर्ष एफडीमा राखेको रकमबाट मोदीले ३३ लाख भारु ब्याज पाएका छन् ।

गत वर्ष लोकसभामा उनले सम्पत्ति विवरण बुझाउँदा गान्धी नगरको एसबिआई बैंकको खातामा एक करोड २७ लाख ८१ हजार ३९ भारु रहेको जानकारी दिएका थिए । यो वर्ष उनले त्यही बैंकमा एक करोड ६० लाख २८ हजार ३९ भारु भएको उल्लेख गरेका छ ।

मोदीको निजी सवारीसाधन छैन
विश्वका शक्तिशाली राष्ट्रमध्ये एक भारतका प्रधानमन्त्रीसँग महँगा कार वा लक्जरियस गाडीको अपेक्षा जोकोहीले गर्नु स्वाभाविक हो । तर, सरल जीवन बिताउन मन पराउने मोदीले आफूसँग कुनै पनि निजी सवारीसाधन नभएको उल्लेख गरेका छन् ।

उनको सम्पत्ति विवरणमा चल र अचलमा केही परिवर्तन भएको छैन । गान्धी नगरमा एक घर छ, अहिलेको मूल्यअनुसार एक करोड १० लाख भारु पर्छ । यो घरको मालिक स्वयं मोदी र उनको परिवार भएको उल्लेख छ । मोदीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग चार वटा सुनका औँठी रहेको जनाए ।

प्रधानमन्त्रीको तलब मासिक दुई लाख
भारतीय समाचार एजेन्सी र सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री मोदी प्रतिमहिना दुई लाख भारु तलब स्वरूप लिने गर्छन् । कोरोना भाइरसका कारण देशलाई आर्थिक भार नपरोस् भनी मोदीले यसपटक राष्ट्रपति, उपराष्ट्रपति, क्याबिनेटका सदस्य, सांसद तथा अन्य विशिष्ट कर्मचारीको ३० प्रतिशत तलब कटाएका छन् । उनले यो अप्रिल महिनादेखि नै लागू गरेका थिए ।

मोदीभन्दा गृहमन्त्री अगाडि
गृहमन्त्री अमित साहले पनि प्रधानमन्त्री कार्यालयमा रहेको सम्पत्ति विवरण शाखामा आप्mनो सबै कागजात बुझाएका छन् । अमितले कोरोना भाइरसले अर्थतन्त्र नै कमजोर भएकाले यो वर्ष घाटा व्यहोरेको उल्लेख गरेका छन् ।

गत वर्ष साहसँग ३२ करोड ३० लाख भारु थियो । सेयर बजार ओरालो लागेकाले उनको यो वर्ष कुल सम्पत्ति २८ करोड ६३ लाख भारु मात्र रह्यो । उनले यो सम्पति विवरण २० जुन ०२० सम्मको मात्रै हो । उनीसँग भएको अचल सम्पत्तिको मूल्य १३ करोड ५६ लाख भारु हुन आउँछ । साहसँग ४४ लाख ४७ हजारबराबरको गहना छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies