Khabar Dabali Logo
  October 31, Sat

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ ।

आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (रु एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ्रे गाँउपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् । भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।

अशोज २९ गते, २०७७ - २१:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

दमक । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित विपी...   
लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

लकडाउनपछि सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा...   

एक किशोरीसहित तीन जनाको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको...   

कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम...   

पोखरेमा आगलागी हुँदा करीब तीन लाखको क्षति

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी...   

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको...   

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा सापकोटाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान...   

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार...   
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता...   

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा एक सय ४० जनाको मृत्यु

डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top