Khabar Dabali Logo
  October 19, Mon

आर्थिक हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरुलाई मर्मतका लागि प्राप्त रु सात लाख ८४ हजार ४४६ बराबरको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ । आयोगले सो गाँउपालिकाका इञ्जिनीयर निर्मल लामा, हिमालयन माविका प्रधानाध्यापक बोधनाथ उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले कामै नगरी सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको जनाएको छ ।

यस्तै, आयोगले आजै नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको लीलामा अनियमिता गरेको अभियोगमा थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध रु ८६ लाख ८८ हजार १३२ बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले कूल ९७९ वटा व्याट्री अवैध तरिकाले हानीनोक्सानी पुर्याएको पाइएको आयोगले जनाएको छ ।

आयोगले आजै धनुषको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलिपकुमार पन्जियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र सिफारिस गरेवापत उनले सेवाग्राहीसँग रु २४ हजार घुस लिएको अभियोग छ ।

अशोज २९ गते, २०७७ - २०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी...   

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

खाँदबारी । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण...   

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको निधन

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान...   

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्...   

आर्थिक हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा...   

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य...   
नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप...   

कोरोनाबाट काभ्रेमा थप एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको...   

धारिलो हतियार प्रयोग गरी २२ वर्षीय युवकको हत्या

कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको...   

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top