Khabar Dabali Logo
  October 30, Fri

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगर बन्द

कास्की । पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखी महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।

त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए । महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।

अशोज २९ गते, २०७७ - ११:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छुरा प्रहार गरी २४ वर्षीय आशिष मगरको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा...   

कोरोना सङ्क्रमणबाट काभ्रेमा पत्रकारसहित दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु...   

भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने तयारी

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन...   

भक्तपुरमा होम आइसोलेशनमा बसेका ६ जनाको मृत्यु

भत्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा...   

उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...   

पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य...   

शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि, ४ हजार ९६ डिस्चार्ज

काठमाडौँ । शुक्रबार देशैभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्ने केदारमान भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली...   

बुटवलस्थित कोरोना अस्पतालमा थप कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु...   

इन्स्टाग्रामबाट अबदेखि लाइभ गर्न मिल्ने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top