Khabar Dabali Logo
  October 20, Tue

देशैभर दसैं लक्षित बजार अनुगमन तीव्र

काठमाडौं। नजिकिँदै गएको दसैंमा खाद्य वस्तुमा हुन सक्ने मूल्यवृद्धि, कार्टेलिङ र कृत्रिम अभावलाई नियमन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण, जिल्ला प्रशासन कार्यालय, नगरपालिका तथा महानगरपालिकालगायतले अनुगमनलाई तीव्रता दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रमुख अनुगमनकारी निकाय वाणिज्य विभागले पछिल्लो समय दैनिक ३–४ टोली परिचालन गरी अनुगमन गरिरहेको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । टोलीले बजार मूल्य संकलन गर्ने, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, साइनबोर्ड, प्याकेजिङ वस्तुमा लेबललगायतका विषय हेर्ने गरेका छन् ।

विभागबाट काठमाडौं उपत्यकामा खटिएको टोलीले आइतबार १३ हजार ८ सय ७५ र शुक्रबार १ हजार ७ सय ६० रुपैयाँ मूल्यबराबरको उपभोग्य मिति सकिएको खाद्यान्न नष्ट गरेको जनाएको छ ।

विभागले अहिले उपत्यकामा दैनिक २०–२१ फर्मको अनुगमन गरिरहेको जनाएको छ । त्यस्तै, विभागमातहतको बाँके कार्यालयले जुम्लाको चन्दननाथ नगरपालिकामा किराना, खाद्यान्न, हार्डवेयर, होटेललगायतमा अनुगमन गरी मिति सकिएका ९० हजार रुपैयाँ बराबरको सामग्री नष्ट गरेको जनाएको छ ।

सोही कार्यालयले नेपालगन्ज क्षेत्रमा २२ असोजमा अनुगमन गरी सुकमेल, काजुलगायत मिति सकिएको पाएपछि २० हजार जरिवाना र २० हजारको अखाद्य वस्तु नष्ट गरेको जनाएको छ ।

चाडपर्व नजिकिएपछि प्रत्येक जिल्ला प्रशासन कार्यालयले अनुगमन तीव्र बनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल नेतृत्वको अनुगमन टोलीले २२ असारमा अनुगमन गरेर मिति सकिएका, लेबल प्रस्ट नभएका, दर्ता–नवीकरणमा लापरबाही गरेका ५ फार्मेसीलाई जनही २ लाखका दरले जरिवाना गरिएको थियो । त्यस्तै, अन्य २ फार्मेसीलाई २० हजार जरिवाना र थप २ फार्मेसीको कारोबार रोक्का राखिएको छ ।

त्यस्तै, २३ असोजमा गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्जराज भट्टराईको नेतृत्वमा खाद्य किराना, मोबाइल, मसला, माछामासु पसललगायत २० फर्मको अनुगमन गरी १ लाख २५ हजार रुपैयाँ जरिवाना तिराई १७ वस्तुको गुणस्तर परीक्षण गर्न नमुना संकलन गरेको जनाएको छ ।

उपत्यकामा काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मिति सकिएका खाद्यान्न जफत गर्ने, तरकारीको मूल्य नियमन गर्ने, गुणस्तरहीन खाद्यान्न जफत गरी परीक्षणका लागि सम्बन्धित निकायमा उपलब्ध गराउने काम गरिरहेको छ ।

सोमबार गोंगबुको मित्रनगरमा रहेको एक होटेलमा अव्यवस्थित रूपले मह प्याकेजिङ गर्दै गरेको अवस्थामा महानगरको अनुगमन टोलीले फेला पारेको छ ।

सो टोलीमा रहेका उपभोक्ताकर्मी माधव तिमिल्सिनाका अनुसार प्लास्टिकको बाल्टीमा महको चाका राखेको र त्यसबाटै बट्टामा प्याक गर्दै बजारमा प्रतिकिलो ८ सय रुपैयाँका दरले बिक्री गरेको अवस्थामा फेला पारिएको छ ।

‘सो महको गुणस्तर परीक्षण गर्न सम्बन्धित निकायमा पठाउने निर्णय भएको छ । व्यापारीलाई सोध्दा बाराबाट ल्याएको भन्ने जानकारी आएको छ । कारोबारको प्रकृति हेर्दा शंकास्पद देखिएको छ,’ उनले भने ।

खाद्य विभागले राजमार्गका होटेल अनुगमन गर्ने
दसैंमा घर फर्कने यात्रुले खाना, खाजा खाने राजमार्गका होटेलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन सुरु गर्ने जनाएको छ ।

विभागका महानिर्देशक उपेन्द्र रायले दसैँमा घर फर्कने उपभोक्ताको चाप बढेसँगै राजमार्गका होटेल, रेस्टुरेन्ट सञ्चालकले पकाउने खानामा लापरबाही गर्ने भएकाले गुणस्तर नियमनका लागि अनुगमन गर्न लागेको बताए ।

‘उपभोक्ताले स्वास्थ्य र ताजा खानेकुरा उपभोग गर्न सकून् भन्ने उद्देश्यले राजमार्ग क्षेत्रका होटेलमा अनुगमन तीव्र पार्न लागेका छौँ,’ उनले भने, ‘विशेष टोली खटाएर वा ६ वटा प्रदेशमा रहेका कार्यालयबाट समेत अनुगमन हुनेछ ।’ त्यस्तै, देशभर रहेका २४ डिभिजन कार्यालय समेत सक्रिय बनाइएको उनले बताए ।

उनका अनुसार दैनिक तीन टोली खटिएर उपत्यकामा पानी, दूध र पशुपक्षीले उपभोग गर्ने दानाको गुणस्तर नियमन भइरहेको छ । ‘दसैँमा प्रशोधित खानेपानी (जार र बोतल) र दूधको कारोबार बढी हुने भएकाले यी दुवैको स्वच्छता कायम गर्न अनुगमनबाट सक्दो प्रयास भइरहेको छ,’ उनले भने । २८ भदौयता विभागले देशभर ३ सय ९८ वटा खाद्य उद्योग, दाना उद्योग, होटेल तथा रेस्टुरेन्ट, खाद्य पसललगायतको अनुगमन गरी ४ सय ३३ नमुनाको गुणस्तर परीक्षण भइरहेको जनाएको छ ।

विभागमातहतको विराटनगर कार्यालयका प्रमुख राजकुमार रिजालका अनुसार स्थानीयस्तरमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकारकर्मी सम्मिलित टोलीले दैनिकजसो अनुगमन गरिरहेको छ ।

‘हामीले पूर्वका खाद्य उद्योगको गुणस्तर पहिचान गर्न अनुगमन गर्ने र नमुना संकलन गरी परीक्षण गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘यसक्रममा सपिङ मल, मिठाई पसल, होटेल तथा रेस्टुरेन्टको नियमित अनुगमन भई कैफियत भेटिए जरिवाना गर्ने र सुधारको निर्देशन दिने काम भइरहेको छ । त्यस्तै, तेल, चामल, दाल, बेकरी उद्योगको उत्पादन परीक्षणका लागि संकलन भइरहेको छ ।’

विभागमातहतको धनगढी कार्यालयले खानेपानी उद्योगविरुद्ध अनुगमन तीव्र पारेको छ । कार्यालय प्रमुख नवराज दाहालका अनुसार सोमबार केही खानेपानी उद्योगको पानी स्वास्थ्यप्रतिकूल पाएपछि उत्पादन रोक्का गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

अशोज २९ गते, २०७७ - ०७:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता...   

संसदीय छानबिन समितिको निष्कर्ष : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले राजु सदाको ज्यान गयो

जनकपुरधाम। धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको...   

संसदको गरिमा : पहिले भन्सार छुटको पजेरोले कुल्चियो, अहिले दसैं भत्तामा अल्झियो

काठमाडौं । भन्सार सुविधामा गाडी झिकाउन दिने सुविधा– २९ माघ ०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले...   

सभामुख मूकदर्शक मात्रै

भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो : सभामुख अग्नि सापकोटा काठमाडौं ।...   

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’ को निर्णय

काठमाडौं । सांसदहरूले दसैं भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’ मा निर्णय...   

उदयपुरमा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

उदयपुर । शनिबार उदयपुरमा भएको जीप दुर्घटनामा पाँच जनाको निधन भएको छ र तीन जना गम्भीर घाइते छन् । भैरहवाबाट...   

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट...   

प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेग्लै पार्टी...   

कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र...   

नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

काठमाडौं । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top