Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

८ कात्तिकदेखि क्लिनफिड लागू हुने, विदेशी च्यानलले नेपालमा विज्ञापन बजाउन नपाउने

काठमाडौं । विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप ८ कात्तिकदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा क्लिनफिड लागू हुने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गत वर्ष संसद्बाट पारित विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ । पहिल्यैदेखि प्रसारणमा रहेका टेलिभिजन च्यानलहरूले एक वर्षभित्र क्लिनफिड लागू गर्नुपर्ने व्यवस्था पनि सो दफामा छ । सोहीअनुरूप विज्ञापन ऐन लागू भएको एक वर्षपछि ८ कात्तिकपछि क्लिनफिड लागू हुने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार नै विदेशी च्यानललाई विज्ञापनरहित (क्लिनफिड) बनाउन प्रसारक संस्थाहरूलाई निर्देशन दिएको छ । विज्ञापन ऐनमा भएको व्यवस्थाअनुरूप क्लिनफिड लागू नगर्ने संघ तथा संस्थालाई कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुनै पनि मुलुकमा प्रसारण हुने विदेशी च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्न पाउँदैनन् । तर, नेपालमा भने यसअघि क्लिनफिडसम्बन्धी कानुनी व्यवस्था नभएका कारण विदेशी च्यानलहरूले कार्यक्रमका साथमा विज्ञापन पनि प्रसारण गर्दै आएका छन् ।

विज्ञापन ऐनविपरीत प्रसारक संस्थाहरूले विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेमा ५ लाख रुपैयाँ जरिवाना र १ वर्षसम्मको सजाय गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए ।

‘क्लिनफिड कार्यान्वयन नगर्दा विज्ञापन ऐन र राष्ट्रिय प्रसारण ऐनसमेत आकर्षित हुन्छ । विज्ञापन बोर्ड पनि गठन हुँदै छ । यसले सूक्ष्म तरिकाले अझै नियमन गर्नेछ,’ उनले भने, ‘ऐनअनुसार च्यानल समेत बन्द गर्न सकिने छ ।’

ऐनअनुसार क्लिनफिड कार्यान्वयन नगर्ने संस्थालाई ५ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । त्यस्तै, राष्ट्रिय प्रसारण ऐन ०४९ अनुसार १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । आवश्यकताअनुसार दुवै सजाय गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।

साढे चार महिना समय थप्न केबल अपरेटरको आग्रह

नेपालमा क्लिनफिड लागू गर्न साढे चार महिना थप गर्न नेपाल केबल टिभी महासंघले सरकारसँग आग्रह गरेको छ । कोरोना संक्रमणका कारण च्यानलहरूले पूर्वाधार बनाउने तयारी गर्न नसकेको महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘सरकारले लकडाउनको समयलाई शून्य अवधि मानेको छ । साढे चार महिना त लकडाउन नै भयो । त्यसैले हामीलाई तयारीका लागि सो अवधि थप गरिदिनुप¥यो,’ उनले भने । अध्यक्ष पराजुलीका अनुसार महासंघमा आबद्ध ११ टिभी सञ्चालकहरूले स्टार टिभीको प्रसारण अधिकार लिएका छन् ।

त्यस्तै, डिएसएन कम्पनीले सोनी र कलर्स च्यानल प्रसारणको अधिकार लिएको छ । प्यासिफिक ट्रेडर्सले बिबिसी र एचबिओ च्यानल प्रसारणको अधिकार लिएको छ भने युबिपी प्राइमले जी च्यानल प्रसारण गर्दै आएको छ ।

नेपालमा सोनी, स्टार, कलर्स, जी च्यानलका दर्शक बढी रहेको महासंघका अध्यक्ष पराजुलीले बताए । उनका अनुसार नेपालमा १३ वटा स्पोर्टस् च्यानल, सोनीका चार र स्टारका आठ वटा च्यानल प्रसारण हुन्छन् ।

त्यस्तै, कलर्सका १३, सोनीका २२, स्टारका ३२, जीका १४ र एचबिओका चारवटा च्यानल प्रसारण हुन्छन् । यसका अतिरिक्त बिबिसी, सिएनएन, अलजजिरा, डिस्कभरी, आस्था, संस्कारलगायतका च्यानल पनि प्रसारण हुन्छन् ।

नेपालमा सशुल्क प्रसारण हुने च्यानलले अनिवार्य क्लिनफिड लागू गर्नुपर्छ, निःशुल्क च्यानलले भने लागू नगर्दा पनि हुन्छ । नेपालमा प्रसारण हुने अधिकांश च्यानल सशुल्क भएको महासंघका अध्यक्ष पराजुलीले बताए ।

बिबिसी र सिएनएन बाहेक अन्य समाचारमूलक टिभी भने निःशुल्क छन् । प्रसारण नेपालमा विदेशी च्यानल प्रसारण गरेबापत नेपाली कम्पनीहरूले गत वर्ष विदेशी च्यानलहरूलाई वार्षिक औसत ५० करोड भुक्तानी गरेको महासंघका अध्यक्ष पराजुलीले बताए ।

नेपाली विज्ञापन बजार २ गुणाले बढ्ने
नेपालमा क्लिनफिड कार्यान्वयनमा आएपछि विज्ञापन बजारमा २ गुणाले बढ्ने नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले बताए । उनका अनुसार हाल नेपालको विज्ञापन बजार १२ अर्ब रुपैयाँभन्दा बढीको छ, जसमा बहुराष्ट्रिय कम्पनीको हिस्सा ४० प्रतिशत छ ।

क्लिनफिड लागू भएपछि दुई वर्षमा नेपाली विज्ञापन बजार २४ अर्ब रुपैयाँबराबर हुने उनको अनुमान छ । ‘सुरुको वर्ष असहज होला । विदेशी कम्पनीहरूले घुर्की लगाउन सक्छन् । तर, पूर्ण रूपमा क्लिनफिड लागू भएमा उनीहरूले नेपाली जनशक्ति प्रयोग गरेर नै विज्ञापन बनाउनुको विकल्प हुँदैन,’ उनले भने ।

पछिल्लो समय केही कम्पनीहरूले नेपाली जनशक्ति प्रयोग गरी नेपाली भाषामा नै विज्ञापन बनाउन थालेका छन् । तर, अझै पनि ८० प्रतिशत बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा विज्ञापन नबनाउने उनले बताए ।

क्लिनफिड पूर्ण रूपमा कार्यान्वयन भएपछि विदेशी कम्पनीहरूले अनिवार्य रूपमा नेपाली भाषा र जनशक्ति प्रयोग गरेर नै विज्ञापन बनाउनुपर्ने उनले बताए । यसले विज्ञापनसँग जोडिएका नेपाली कलाकार, विज्ञापन एजेन्सी तथा सम्बन्धित क्षेत्रको व्यापार प्रवद्र्धन हुने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies